काठमाडौं । नेपाल बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गलन भएको बताएका छन् । उनले अर्थतन्त्र विगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र विगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको बताए ।

काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताएका हुन् । ‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’
‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’
उनले गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादीले नियुक्त गरेका न्यायाधीसको नेतृत्वमा छानबिन समिति बनाएको आरोपसमेत लगाए ।

















