Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डा.विजयको मृत्यु प्रकरण : हत्याको संकेत, शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

डा.विजयको मृत्यु प्रकरण : हत्याको संकेत, शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका व-४ स्थित डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका चिकित्सक विजय यादवको हत्या भएको संकेत मिलेको छ। आफन्तले पनि डा. यादवको हत्या भएको भन्दै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

घटनालाई लिएर आक्रोसित बनेका उनीहरुले शनिबार दिउँसो केहीबेर नोबेल शिक्षण अस्पतालनजिक टायर बालेर प्रदर्शन गरे। प्रहरीले वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्ने र कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि प्रदर्शन रोकियो। स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर यादवको हत्या भएको हो कि हैन भनेर प्रहरीले आधिकारिकरुपमा खुलाइसकेको छैन। सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर -१ का डा. यादवको शव उनी डेरा बसेको घरको गेटभित्र बिहान भेटिएको थियो। उनी प्रेम बस्नेतको घरको दोस्रो तलामा कोठा भाडामा लिएर बस्थे।

बंगलादेशबाट एमबीबीएस अध्ययन सकेका उनी ४ वर्षदेखि अस्पतालमा कार्यरत रहेको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार नोबेलले मोरङको कटहरीमा शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा पनि डा. यादव सहभागी भएका थिए। शिविरबाट फर्किएका उनी भोलिपल्ट बिहान मृत फेला परेका हुन्। प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरेर घटनालाई निष्कर्षमा पुर्‍याउनुपर्ने माग अस्पतालको रहेको दाहालले बताए।

नाक र मुखबाट रगत बगेको तथा शरीरका अन्य भागमा चोट लागेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। घोप्टो परेको शव भेटिँदा दाहिने खुट्टा खाली थियो। देब्रे खुट्टामा मात्रै जुत्ता छ। शव नजिक महिलाले लगाउने जुत्ता र लाइटर भेटियो। शव फेला परेको स्थानबाट वरपर आलो रगत पनि भेटिएको डीएसपी श्रेष्ठले बताए। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको उनको भनाइ छ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरियो। घटना शंकास्पद र गम्भीर रहे पनि डा. यादवको हत्या भएको हो कि हैन भन्ने अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको श्रेष्ठ बताउँछन्। प्रहरीका अनुसार ६ जना संकित व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ।

यादवले हाम फालेर आत्महत्या गरेको सरुवाती अनुमान थियो। घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार हत्या गरेपछि शव घरको गेटमा फ्यालिदिएको हुनसक्छ।

घटनास्थल वरपर आलो रगत भेटिनु र एउटा खुट्टा जुत्ताविहीन तथा शरीरका विभिन्न भागमा चोटपटक हुनुले हत्याको आशंकालाई थप मजबुत बनाएको एक प्रहरीले बताए। उनका अनुसार घरबाट हाम फालेको भए शरीरका अंग क्षतविक्षत हुने थिए। नाक, मुख र शरीरका केही भागमा चोटपटक मात्रै छ। प्राप्त केही प्रमाणले हत्याको संकेत गरे पनि पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतको भनाइ छ। 

डा. यादवसहित ३ जना विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा रेस्टुरेन्टमा राति अबेरसम्म बसेको पाइएको छ। उनीसँग इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरु) सप्लाइ गर्ने एक जना र अर्का सीए बसेका थिए। मदिरा सेवनसहित खाजानास्ता गरेर त्यहाँबाट तीनै जना एउटै स्कुटरमा यादवको डेरातिर गएको खुलेको प्रहरीले जनाएको छ। यादव मृत फेला परेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी श्रेष्ठका अनुसार उनीहरुले यादवलाई डेराबाट लगभग ५० मिटर दक्षिणमा छाडेर आफूहरु फर्किएको बताएका छन्।

डा. यादव सानैदेखि मोरङको टंकीसिनवारीस्थित मामा शम्भुप्रसाद यादवको घरमा बसेर पढेको परिवारले जनाएको छ। उनी बुबा यदुनन्दन र आमा चन्द्रकलाका एक्लो छोरा हुन्। उनकी बहिनी भारतमा नर्सिङ अध्ययनरत छिन्।

मृतक यादवको डेरा नजिक शुक्रबार राति ११ बजेतिर ७-८ जनाको समूहबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। प्रहरी घटनास्थल पुग्दा झगडा गर्नेहरु फरार भए। पहिचान भइसकेका झगडामा संलग्नलाई प्रहरीले शनिबार नै सोधपुछको दायरामा ल्याइसकेको छ। डा. यादवको मृत्युसँग उक्त झगडाको सम्बन्ध भए-नभएको कुरा प्रहरीले सार्वजनिक गरिसकेको छैन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh