Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीदेखि भारतीय एसएसबीको मिलोमतोमा भिस्वानाका बाट खुलेआम तस्करी


सशस्त्र प्रहरीदेखि भारतीय एसएसबीको मिलोमतोमा भिस्वानाका बाट खुलेआम तस्करी

वीरगंज । सीमा सुरक्षा कायम गर्ने, चोरी तस्करी रोक्ने  र देशको राजस्व बढाउने मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालकै सेटिङमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ठूलो मात्रामा तस्करी भइरहेको छ ।

सीमानाकामा रहेका सशस्त्र प्रहरीका बीओपीबाट सय मिटरकै दूरीमा तस्करहरूले गोदाम राखेर उक्त गोदामबाट तस्करहरूले दिनमा अलि कम गरे पनि राति राति ठूलो तस्करी संचालन हुँदैआएको प्रमाण नै फेलापरेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का दुई जना घुमुवा दिनभरी नेपालतर्फको भिस्वामा बसेर सेटिङ मिलाई तस्करी गराउन तल्लीन रहेको स्थानीय बताउँछन् । जिल्लाको नेतृत्व गरिरहेका सशस्त्र प्रहरीका प्रमुख र बीओपी इन्चार्ज नै पैसा कमाउने अभियानमा लागेका छन् भने जवानहरुको के दोष ? सशस्त्रकै एक जवानले नाम नखोल्ने सर्तमा भने–तस्करहरूको माथिल्लो निकायसम्म सोर्स हुन्छ उनीहरूको समान रोके आखिरमा हाकिमको गाली सुनेर छोड्नुपर्छ । 

त्यस्तै घुसखोर इन्चार्जका कारण सीमामा खटेका जवानहरुको मनोबल घटिरहेको र  हाकिमको इशारामा मुकदर्शक बन्दै गाएका छन् । गण  नं  १३ वीरगंजकÞा गणपति सशस्त्र प्रहरी उपरीक्षक  तेज पोखरेल र भिस्वा बंजारीका बीओपी इन्चार्ज स.प्र.नि राजेश्वर साहले मोटो रकम बुझी सेटिङ गरी लाइन दिएका  छन् । भिस्वा नाकाबाट पर्साका नामुद तस्कर किशोर जैसवाल, उनका छोरा मुना जैशवाल र उनका भतिज रामु जैशवाल र  सोही ठाउँका हरि कोइरीको चाइनिज स्याउ, मटर, मरिच, छोगडा, मकै, अकरोट, युनिलिभरको फेयर एण्ड लभ्ली, क्लोजअप पेस्ट जस्ता कस्मेटिकका सामानहरू, खुकुरी चुरोट, चाइनिज इन्चीटेप लगायतका समानहरु तस्करी गर्न लाइन पाएका छन् । कबाडीका नामुद तस्कर शशिकान्त कुशवाहले कवाडको लाइन पाएका छन् ।

त्यस्तै भारतबाट नेपालतर्फ लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स, कुखुराको चल्ला, दैनिक २० देखि २५ वटा भैंसी, राँगा भित्र्याउन छुट दिएका छन् । प्रति भैंसी एक हजार र प्रतिराँगा पाँच सयका दरले भैंसी तस्करहरुबाट लिने गरेको स्रोतको दाबी छ । यसका अलावा पनि भिस्वा नाकाबाट सेटिङमा नेपाली बालुवा भारततर्फ तस्करी भइरहेको छ । तस्कर समूहले भारततर्फ तस्करी गर्ने उद्देश्यले भिस्वामा नै बालुवाको ठूलो डिपो बनाएका छन् । डिपोबाट लोड गरेर तस्करहरु आफÞनो घर अगाडि टेलारी राख्ने गर्छन् । राति ११ बजेदेखि बिहान ४ बजेसम्म लाइन पाउने बित्तिकै नेपालबाट भारततर्फ बालुवा लैजाने गरिएको छ ।  

 भिस्वा नाकामा यति मात्रै हैन लागुऔषधको पनि कारोबार भइरहेको चर्चामा आएको छ । १ जना बाडकागावका छन् भने २ जना भिस्वाका छन् । २ जना झलमहिया बस्नेगरी ५ जनाको समूहले गाजा तस्करी गरिरहेको सूचना प्राप्त हुन आएको  छ । त्यस्तै नेपालबाट भारततर्फ पेट्रोल–डिजेलको तस्करी विपिन, परमा र लंगडी घर भएका प्रदीपका समूहले पाएका छन् । बिपिन र पारमा भने तस्करका समूहले सबैठ्वा नाकाबाट तस्करी गरिरहेका थिए तर उक्त नाकामा भारतीय एसएसबीले कडाई गरेपछि उनीहरूले एक महिना अगाडिदेखि भिस्वा सिमानाकाबाट सुरु गरेका छन् । 

 प्रदीपको समूहले भारतबाट अबैध रूपमा किराना सामान नेपाल भित्र्याउँछ भने नेपालबाट डिजेल पेट्रोलको तस्करी गर्दै आइरहेको छ । भिस्वाबाट काठमाण्डौ जाने विभिन्न कम्पनीकÞा रात्रिबसमा कपडादेखि पाउडर दूध पनि तस्करी भइरहेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख एसपी तेज पोखरेलले आफूले कमाण्ड सम्हालेको २ महिनामात्र भएको र यस अवधिमा भन्सार छलीका धेरै सामान बरामद गरिएको बताए । उनले भने–‘विगत बर्षभन्दा राजस्व असुली धेरै बढी भएकाले पनि भन्सारछली नभएको कुरालाई पुष्टि गर्दछ ।’  

 यसरी हुन्छ  भिस्वाबाट हुण्डी कारोबार 

 पर्सा जिल्लाको बीरगंज महानगर एरियामा हुण्डीको रकम सहित कारोबारीहरु धमाधम पक्राउ पर्न थालेपछि अहिले  पर्साको छिपहरमाई गाउँपालिका ५ नं वडामा पर्ने भिस्वा नाकामा प्रहरीकै संलग्नतामा हुण्डी कारोबार फस्टाउनुको साथसाथै भारतीय र नेपाली रुपैयाँ बिना लाईसेन्स अबैध रूपमा सटही काउन्टर संचालन गर्नेको बिगबिगी भएको छ । व्यापार र जागिर भन्दा बढी कमाइ हुने भएकाले सटही कारोबारमा केही पसल सञ्चालक लागेको बताउँदै छिपहरमाई  गाउँपालिका–५ भिस्वाका एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने–‘अबैध रूपमा  बिनालाइसेन्स सञ्चालन गरेका सटही काउन्टरवालाले  दैनिक ज्याला दिएर कामदारलाई  प्रयोग गरी दिनभरी ओहोरदोहोर गर्न गराउन सिमानाकामा अबैध रूपमा हुण्डीको  कारोबारमा प्रहरीले आँखा बन्द गरेपछि सजिलो भाएको छ ।

छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वामा देखाउनका लागि  पसल सञ्चालन गरेर बसेका केही व्यक्तिले समेत गैरकानूनी तवरले भारतीय र नेपाली मुद्रा सटही कारोबार गर्दै आएका छन् । अनुमतिपत्र लिएर सटही गर्न पाउने प्रावधान भए पनि उनीहरूले गैरकानूनी तवरले सटही कारोबार गरिरहेका छन् । अर्का एक स्थानीयले भने, ‘यसमा कसैको ध्यान पुगेको छैन, जसले गर्दा दिनहुँजसो दर्जनौं व्यक्ति ठगिने गरेका छन् ।

सीमावर्ती क्षेत्रमा हुँदै आएको भनिएको हुण्डी, बट्टालगायत अवैध सटही गर्ने संगठित गिरोहमाथि निगरानी बढाउन कारोबार रोक्न प्रहरीले सक्रियता बढाउनुपर्ने स्थानीयको भनाइ छ । कांग्रेस निकट रहेका भिस्वाका तस्कर किशोर जैशवालले सत्तापक्षको दम्भमा भिस्वामा तस्करीको सञ्जाल नै बनाएर चलाइरहेका छन् । उनी प्रायः जसो धेरैसँग साताको दम्भ देखाउँदै आफÞनो पार्टीको सत्ता छ, मलाई कोही कसैले केही गर्न सक्दैन भनेर हिँड्ने गरेका छन् । किशोर जैसवालको तस्करी बिरासत हाल उनका छोरा मुन्ना जैसवालले सम्हालिरहेका छन् । सेटिङको तमाम गतिविधि मुनाले नै हेर्दै आएका छन् । इन्जिनियरीङ अध्ययन गरिरहेका मुनाले तस्करीबाट नै सो भन्दा बढी कमाई देख्न थालेपछि इन्जिनियरको पढाई छोडेर बुबाको बिरासत सम्हालेका छन् ।

नेपालमा तेस्रो मुलुकबाट आयात भएका सामानहरु भारतीय बजारसम्म पुर्याउन एवं भारतमा सुरक्षाको जिम्मा सिक्टा र  सिकारपुरका कुख्यात तस्कर ग्रुपले लिएका छन् । भारतीय अधिकारीलाई मिलाउने तथा एसएसबीसँग माल छुटाउने जिम्मा उनीहरुको रहेको नेपाली तस्करहरुको भनाइ छ । भिस्वा नाकामा  लड्डु कानु र भिस्वासँग जोडिएकÞा भारत बिहार सिक्टाकÞा पप्पुले उनै जैसवालहरुको सामान क्लीयरिङ प्रतिशतको हिसाबले गराउँदै आएका छन् । उक्त तस्करीकÞा समान भिस्वासँग जोडिएको भारतको सिक्टामा गोदाम बनाई  जम्मा गरेर राख्ने र ट्रकमा लोड गरी भारतको विभिन्न ठाउँ पठाउँदै आएका  छन्  ।

 को हुन् त लड्डु ? 

लड्डु कानुको नाम भिस्वाको तस्करी जगतमा किन पटक पटक जोडि़ने गर्छ त ?  लड्डु छिपहरमाई गाउँपालिका वडा नः ५ भिस्वा निवासी हुन् । भिस्वा नाकाबाट तस्करी गर्ने लड्डुको नाम कुनै नौलो नयाँ सुनेको हैन बल्कि उनको नाम पटक पटक छानबिनमा नाम आउने गर्छ भने धेरै मिडियामा पनि प्रकाशन हुने गर्छ । उनी विगतमा होटलमा काम गर्ने सामान्य व्यक्ति हुन् । तर अहिले अबैध रुपमा चोरी पैठारी तस्करी गराई राजस्व छली गरेर भिस्वामा घरघडेरीदेखि  भारतको रक्सौल र बेतिया जस्ता कयौं सहरमा जग्गासहित करोडौं तस्करीबाट कमाउन सफल भएका छन् ।

 लड्डुको जस्तो विशाल घर भिस्वामा पहिलाका जमिनदारहरुको पनि घर छैन । छिपहरमाई गाउँपालिकाको कार्यालयबाट ठिक २० मिटर उत्तरतर्फ सडकबाट पश्चिम उनकोे घर देखेर नै थाहा हुन्छ, उनीमाथि सरोकारवाला निकायले इमानदारितापूर्वक छानबिन गर्ने हो भने चोरी तस्करी भन्सार छली गराएको मुद्दा मात्र हैन, सम्पत्ति शुद्धिकरण गरेको मुद्दा पनि लाग्न सक्छ । उनले साना साना बालबालिकाहरुलाई पैसाको लोभमा पारी टाउकोमा तस्करीको समान बोकाई सीमा वारपार गराउँदैआएका छन् । पढ्ने उमेरका बालबालिकाको भविष्यसँग खेलवाड गर्दै जीवन बर्बाद गर्ने काम उनीबाट भएको छ । उनीमाथि बालश्रम गराएको आरोपमा पनि कारबाही हुनुपर्छ ।

भिस्वाका तस्करहरुले बजार व्यवस्थापन समितिको नाममा समान मगाउने र राति राति सेटिङमा भारत पठाउने गरेका छन् । भिस्वाबाट चाइनिज स्याउ, केराउ, मरिच, छोगडा, अखरोट, मकै  र सुपारीको तस्करी पनि भिस्वाबाट केही दिनयता निकै चलिरहेको छ । प्रहरीसँगको सेटिङमा लाइन पाएपछि उनीहरु रातारात करोडपति हुने हिसाबले काम शुरु गरेका छन् । अहिले सबैभन्दा बढी तस्करी गौरव रोड क्यारियरको नामबाट भएको स्थानीय बासिन्दा बताउँछन् । यस संवाददाताले उक्त क्यारियर कसको रहेछ भनी सोधपुछ गर्दै जानेक्रममा हरि कुशबाहको रहेछ भन्ने पत्ता लागेको छ । उनी धेरै पहिलेदेखि तस्करी धन्दामा संलग्न विवादास्पद व्यक्ति हुन । यसअघि पनि धेरै पटक तस्करी धन्दा चलाउँदा त्यस क्यारियरका सामान पक्राउ परेर भन्सार तथा राजस्वमा बुझाउने काम सुरक्षाकर्मीहरूबाट हुँदै आएको छ । अहिले पनि बीरगंज बजारबाट भिस्वाका लागि भनी चाइनिज स्याउ, सुपारी, छोगडा, केराउ, मरिचदेखि कस्मेटिकका सामानहरू लैजाने अनि सुरक्षाकर्मीको संरक्षणमा भारततर्फ तस्करी गर्ने काम गौरव रोडका नाममा हरि कुशवाहले गरिरहेका छन् । भिस्वाका स्थानीयले न त ती सामान नै उपभोग गर्छन् न त प्रयोग नै । न त त्यसरी लिएर गएका सामान भिस्वामा खपत नै हुन्छ ।

बीरगंजबाट हरि कुशवाहले लगेका सामान भारततर्फ तस्करी हुँदै आएको छ । यसअगाडि पनि भिस्वा बंजारी बीओपीबाट एक इन्स्पेक्टर हुण्डीको रकमबाट ३ लाख घुस लिएको काण्डमा र २ जना इन्स्पेक्टर तस्करी गराएको र घुस खाएको आरोपमा तानिएर अहिले चौथो इन्स्पेक्टर राजेश्वर साह छन् ।   सशस्त्र प्रहरी इन्स्पेक्टर साह नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका व्यक्ति हुन् । साह नेपाल प्रहरीमा असई हुँदा भिस्वा बंजारी चौकीको इन्चार्ज बसेदेखि उनको तस्करसँग पहिलादेखि नै चिनजानकÞा कारण तस्करलाई र उनलाई तस्करी गराउन झन् सजिलो भएको छ ।

बीरगंज नजिक रहेका बाराको प्रसौनीमा घर भएका स.प्र.नि राजेश्वर साह प्रायः जसो मधेश प्रदेशको सीमा क्षेत्र घुमुवा बसी  दर्जामा कनिष्ट भए पनि चलखेलको हिसाबले डिआईजीको भन्दा धेरै सम्पत्ति कमाउन सफल व्यक्ति हुन् । भिस्वा बंजारी बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह छन् । यस्तै केही महिनाअगाडि भन्सार छलेर भारतबाट ल्याइएका तस्करीका समान र मोटरसाइकलसहित एक तस्करलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याई वार्गेनिङ गरेर मोटो रकम बुझी छोडेको आरोप सशस्त्र प्रहरी निरीक्षक साहमाथि लागेको थियो ।

भन्सारछलीका समान र तस्कर छोडेको कुरा सशस्त्र प्रहरी बाल १३ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसम्म पुगे पनि कुनै कारबाही नै नगरी गणमा बोलाई सेटिङ मिलाएर पठाएपछि झन् तस्करी बढी हुन थालेको छ । भिस्वा नाकाबाट तस्करी भइरहेको बारेमा विभिन्न संचारमाध्यम प्रकाशन गर्दै आइरहेको र भिस्वा बीओपीबाट पटक पटक  तस्करी काण्डमा मुछिएर इन्चार्ज ताने पनि भिस्वा नाकाबाट किन रोकिंदैन त तस्करी ? यस्ता गतिविधितर्फ सम्बन्धित निकायको समयमै ध्यान दिनु अति आवश्यक देखिएको छ । भिस्वा नाकाबाट हुँदैआएको तस्करी र भएको राजस्व छलीको उजुरी कहिले तस्करको नाममा त कहिले भिस्वा बीओपी इन्चार्जको नाममा पर्ने गर्दछ । पटक पटक छानबिन टोली पनि आउने गरेकाले पनि तस्करी भइरहेको पुष्टि हुन्छ । 

भिस्वा नाकामा तस्करी भइरहेको मिडियामा प्रकाशनमात्रै भएको हैन, तस्करको नाममा समेत उजुरी परेको छ । परेको उक्त उजुरीको छानबिन गर्न गएको फागुन २९ गते मधेश  प्रदेश सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनीभित्र रहेको ३९ नः गण बर्दिबासबाट सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालको संयोजकत्वमा एक टोली भिस्वा पुगेको थियो । तर छानाबिन टोली आएर केही नगरी फर्किएको आरोप छ । छानबिन टोली आएर उल्टै सेटिङ मिलाएर जाने गर्छन्, छानाबिनमा बचाउने हिसाबले तस्करहरू र बीओपी  इन्स्पेक्टरको नजिकको व्यक्ति बोलाएर छानाबिनमा खटेका अधिकारीहरुले आफैलें प्रतिवेदनमा लेखाउने काम गरेको उक्त बीओपीकै स्रोतले बतायो ।  

टाउकोमा तस्करीका सामान बोकी सीमा कटाउने २ सय ३ सय भरिया राखेका छन् भने धेरै समान ट्याक्टरको माध्यमले पनि कटाउँदै आएका छन् । जसको उदहारण बीओपी र गणकÞा हाकिमलाई मिलाएर केही महिना अगाडि २ ट्याक्टर सीमा कटाउने क्रममा बाहिनीबाट खटिएकÞा  घुमुवाहरुले बरामद गरेका थिए । ट्याक्टरमा लोड गरिएको सामान बरामद गर्दा तस्करहरुले बल प्रयोग गरी छुटाएपछि यो बिषय सशस्त्र प्रहरी हेडक्वाटरसम्म पुगेको थियो । उक्त ट्याक्टर बरामद प्रकरणको छानाबिन गरी बीओपीबाट जुनियर अधिकृत असई र जवानहरु तनिएपछि खुलासा भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh