काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) हुन् शैलेश थापा । उनको सचिवालयको नेतृत्व प्रहरी उपरिक्षक सविन प्रधानसहित २ जना डिएसपीहरुले गरिरहेका छन् । प्रहरी महानिरिक्षक थापाले चोहेको भए त्यो भन्दा उपल्लो दर्जाको प्रहरी कर्मचारीको नेतृत्वमा दर्जनौँ कमाण्डरलाई सचिवालयमा राख्न सक्थे ।

तर, तडक भडक र रवाफ देखाउन नचाहने आइजीपी थापाले सानै समुहबाट यति ठूलो प्रहरी संगठन चुस्त रुपमा परिचालन गरिरहेका छन् ।
यता प्रहरी प्रधान कार्यालयमै अर्का एक एआइजीले भने आइजीपीले भन्दा ठूलो सचिवालय मात्रै बनाएका छैनन् भावि आइजीपी मै हुँ समानान्तर सत्ता चलाइरहेको पाइएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन केपी ओलीको निगाह र ईश्वर पोखरेलको आशिर्वादमा एआइजी बनेका विश्वराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा समानान्तर सत्ता चलाएको आरोप छ ।
उनले आइजी थापाले भन्दा जम्बो सचिवायल मात्रै बनाएका छैनन् । आफू आइजीपि बन्ने पक्का रहेको भन्दै फौज भित्र दुष्प्रचार गर्दै आएका छन् । स्रोतका अनुसार एआइजी पोखरेलको सचिवालयमा दुई जना एसपी सक्रिय छन् । एसपी मनोज केसी र अर्का एसपी भूपेन्द्र खत्रीलाई पोखरेलले सचिवालयमा खटाएका छन् ।
त्यस्तै डिएसपी कुमुद ढुंगेल र बसुन्धारा खड्का पनि पोख्रेलको सचिवालयमा खटिएका छन् । ढुंगेल तिनै व्यक्ति हुन् जो लुटपाट मुद्दामा लामो समय फरार भएपछि धरौटी तिरेर रिहा भएका थिए । ढुंगेल सहित यतिका प्रहरीका उच्च तहका कर्मचारी राखेर पोखरेलले आफ्नो आफू प्रहरी महानिरिक्षक भएपछि के– के गर्ने भन्ने विषयमा भावी कार्यायोजना बनाइरहेका छन् ।जवकी प्रहरीका एआइजीले आफ्नो सचिवालयमा एक जना इन्सपेक्टर राख्न पाउने व्यवस्था छ ।
तत्कालिन केपी ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेपछि घोषणा गरेको चुनावमा समेत पोखरेल प्रहरीको चुनावी कमाण्डर थिए । पोखरेललाई कमाण्डर बनाए एमालेको पक्षमा जनमत ल्याउन सकिने भन्दै उनलाई चुनावी कमाण्डर बनाएको थियो । तर, प्रतिनिधि सभा विघटन नै असंवैधानिक ठहर भएपछि पोख्रेलको चुनावी कमाण्डर खोसिएको थियो ।
गृह प्रबक्ता भन्छन्,‘ओएण्डम स्विकृत भए अनुसार राख्नपाउँछन्’
यता गृह प्रवक्ता फणिन्द्रमणी पोखरेल ओएण्डएम स्विकृत भए अनुसार एआइजीको सचिवालय निर्धारण हुने बताउँछन् । ‘उनीहरुको ओएण्डएम स्विकृत भएको हुन्छ । कसैले कामको प्रकृतिको आधारमा धेरै राख्न पनि सक्छन्,’ उनले भने,‘त्यसलाई अन्यथा लिनु हुँदैन ।’
यो पनि

















