काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी ल्याउन आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार ललितपुरमा गैरआवासिय नेपाली संघको १०औँ विश्व सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको बिकासमा गैरआवासिय नेपालीको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वदेशमा लगानी ल्याउन आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् ।

उनले बिनासकारी भूकम्प, कोरोना महामारी लगाएत नेपालको अप्ठ्यारो परिस्थितिमा गैरआवासिय नेपालीहरुले गरेको कामको प्रसंसा गरे । उनले गैरआवासीय नेपालीहरूको पुँजी र प्रविधिलाइ मुलुकको बिकासका लागि संगठीत बनाउन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सांस्कृतिक, आर्थिक र सामाजिक अधिकार पाउने गरि गैरआवासिय नेपालीका लागि नागरिकता दिने बिषयलाई निष्कर्षमा पु¥याइने प्रतिबद्धता जनाए ।
त्यस्तै कांग्रेसका महामन्त्री गगन थापाले ठूला देखि साना लगानीकर्तालाई पनि नेपालमा अवसर दिनुपर्ने बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनले विधान संशोधन समेत गरेको छ ।

















