Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

झापामा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी

झापामा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी

झापा । पूर्वी नेपालको झापा हुँदै गाईगोरु तस्करी गरेर भारत तथा नजिकको तेस्रो मुलुक बङ्लादेशसम्म पु-याइने गरिएको छ । यसरी हुने तस्करीमा झापा सशस्त्र प्रहरीकै मिलेमतो रहेको पाइएको छ ।

नेपाली र केही भारतीय तस्करहरुले झापामा रहेका सशस्त्र प्रहरीका अधिकारीहरुलाई घुस खुवाएर गाईगोरु अवैध ढंगबाट भारत हुँदै तेस्रो मुलुक बंगादेशसम्म पुर्याउने गरेको खुलेको छ  भने भारतबाट घरायसी सामान लगायत फलफूल तथा तरकारी, खैनी, पराग, युरिया मल नेपाल भित्र्याउने गरिएको छ ।

नेपाल र भारतबीचको खुला सीमाका कारण तस्करहरुलाई सहज भएको हो । त्यसमा पनि देशको तलव खाएर बसेको सुरक्षा निकाय सशस्त्र प्रहरी नै यसमा सामेल भएपछि नेपालका गाईगोरु भारततिर तस्करी अझ बढेको हो ।

पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको स्थानीयहरू बताउँछन्।

भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ । तर तस्करहरूले झापासँग जोडिएको पश्चिम बङ्गाल राज्यतिर तस्करी गरिरहेको प्रमाण फेला परेको छ ।

झापाका बनियानी, पथरिया, भद्रपुर, कुमरखोद तथा चौरी नाकाबाट प्रहरीकै मिलेमतोमा गाई तथा गोरु सप्लाई भइरहेको स्थानीयले बताएका छन् ।
गाईगोरु देशभरि ओसार-पसार गर्न सरकारले कुनै प्रतिबन्ध लगाएको छैन । तर, देशबाहिर लैजानका लागि नपाउने कानुनी व्यवस्था छ । 

यस्तो छ कानुनी व्यवस्था

नेपालभर गोवध प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – २७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु-याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन ।त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो तोकेको छ ।

सुपारी तस्करी

उत्तरी क्षेत्र वाहुनडाँगी र दक्षिणी केचना नाकाबाट सुपारी भारत पठाउने र सुर्तीजन्य पदार्थ नेपाल ल्याउने काम समेत भइरहेको छ । अन्य नाका भन्दा यी दुइ नाका पछिल्लो समय चर्चामा आएका छन् ।

जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेपनि उनीहरुकै सेटिङमा तस्करी हुने गरेको स्रोतको दाबी छ । सामान वारपारमा प्रहरीको सम्लग्नता नभै हुनै नसक्ने एक स्थानीयले बताए । जसको उदाहरणका रुपमा उनले गएको समय कोरोनाका कारण सीमा नाका बन्द भएका बेलासमेत विभिन्न ठाउँको वोर्डरमा अवैध सामानको ओसार–पसार धमाधम भइरहेको बताए ।

भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट अवैध सामानको ओसार–पसार दिनहुँ भइरहेको हो ।

यसैगरी भारतबाट खैनी, परागलगायत घरायसी खाद्यान्न नुनतेलदेखि लत्ताकपडा, फलफूल, युरिया मल भित्रिन्छन् भने नेपालबाट पशुचौपायादेखि सुपारी भारततिर तस्करी मार्फत ढुवानी हुने गरेको छ ।  काकरभिट्टा नाकामा मात्र एकसय भन्दा बढी मानिसले राति यो काम गर्ने गरेको स्थानीयको दाबी छ । अझ तल्लो बेल्ड केचना, बनियानी, कुमरखोद नाकाबाट सयौंको संख्यामा मानिसहरु सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी गर्ने गरेको पाइएको छ ।

विषादी परीक्षण बिनै फलफूल तथा तरकारी तस्करी

भारतबाट विषादी परीक्षण बिनै अवैध बाटोबाट फलफूल, तरकारी र माछा समेत नेपाल भित्रने गरेको पाइएको छ ।

भारतबाट आयातित फलफूल, तरकारी र माछा नेपाल भित्राउँदा अनिवार्य विषादी परीक्षण गराउनु पर्ने हुन्छ । विषादी परीक्षण गरे पश्चात् भन्सारमा राजश्व तिरेर मात्र ती वस्तु नेपाल भित्राउने कानुनी प्रावधान छ । तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर र मेचीनगरको अवैध बाटोहरूबाट प्रहरीकै मिलेमतोमा भारतबाट आयातित फलफूल, तरकारी र माछा नेपाली बजारमा प्रहरीकै मिलेमतोमा आइरहेको छ । 

मेचीनगर– १५ स्थित कालिका चिया बगान नजिकको ९७/१ नम्बरको सीमा पिलर, भद्रपुर– ५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमा पिलर, भद्रपुर– ५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमा पिलर र भद्रपुर– ३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमा पिलरबाट भन्सार छलेर साइकलका साइकल फलफूल, तरकारी र माछा भित्रिरहेको छ ।

प्रहरीकै सेटिङ र मिलेमतोमा यो प्रकार अवैध कारोबार हुने गरेको तथ्य समेत फेला परेको छ ।

सशस्त्रकै मिलेमतो

कालिका बगानमा सशस्त्र प्रहरीको बिओपी ज्यामिरगढीको टोली, घोडामारा प्रहरी चौकीका टोली खटिएको हुन्छ । भद्रपुरको देवीवस्ती नजिकै सशस्त्रको पोस्ट नै छ । झोलुङ्गे पुल नजिकै सशस्त्रको विओपी मेचीपारि, प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ । यसरी फिजाइएको सुरक्षा संयन्त्र भित्र कसरी तस्करी भइरहेको छ भन्ने स्थानीयको चासो छ । स्रोतको अनुसार अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्राए बापत व्यापारीले सशस्त्र र नेपाल प्रहरीका इन्चार्जलाई मासिक ५ हजारदेखि १० हजार सम्म दिँदै आएको खुलेको छ भने डियूटीमा खटिएका प्रहरीले प्रति साइकल ५ सयदेखि एक हजार रुपैयाँ रकम असुल्दै आएको छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदिपजंग कार्कीकै मिलेमतोमा तस्करी भइरहेको छ  । कार्कीले प्रहरी हल्वदार टेकबहादुर दाहाललाई सेटिङ प्रबन्धमा खटाएर अवैध सम्पत्ति कमाइरहेको खुलेको छ । स्रोतका अनुसार दाहालले तस्करीसँगको मिलेमतोमा समान वारपार गराउन दिए वापत नगद असुली गर्ने र एसपी कार्कीसम्म पुर्याउने चाँजोपाँजो मिलाउने गर्दछन् ।

यसबारे एसपी कार्कीसँग हामीले जिज्ञासा राख्न खोज्दा पटक पटकको हाम्रो प्रयास सफल हुन सकेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh