धरान । कांग्रेसका नेता धनबहादुर कटवालको निधनमा पार्टीले तिन दिन शोक मनाउने भएको छ । कांग्रेस सुनसरी–१ क्षेत्रिय समितिले कटवालको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको क्षेत्रिय सभापति सुजेन्द्र तामाङले बताए । उनका अनुसार शोक अवधिमा पार्टीको सबै औपचारीक कार्यक्रम स्थगित गरिएको छ । क्षेत्र १ अन्तर्गतका पार्टीका सबै तहका कार्यालयहरुमा तिन दिन आधा झण्डा झुकाइने छ ।

समयदेखि पेटको क्यान्सर रोगवाट पीडित कटवालको उपचारको क्रममा सोमवार असामयीक निधन भएको थियो । उनको निधनमा नेपाली कांग्रेस सुनसरी–१ क्षेत्रिय समितिले गहिरो दुःख व्यक्त गर्नुका साथै उनको निधनले पार्टीलाई अपुरणीय क्षतिपुगेको जनाएको छ । कटवालको ६५ वर्षको उमेरमा असामयीक निधन भएको हो ।
उनको दाहसंस्कार सोमवारै इटहरी स्थित बुढीगंगा घाटमा हिन्दु परम्परा अनुसार गरिएको छ । अन्तिम संस्कारमा कटवालको पार्थिव शरीरमा कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ संसदीयदलका नेता राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य धरानका मेयर तिलक राई, जिल्ला सचिव माधव घिसिङ, धरान नगर सभापति श्याम पोखरेल सुनसरी–१ प्रदेश क, ख सभापति अनिलश्रेष्ठ, मुरारी भट्टराईले पार्टीको झण्डा ओढाई अन्तिम विदाई गरेको कांग्रेस क्षेत्रिय समितिले जनाएको छ ।
स्वर्गिय कटवाल पञ्चायतकालमा कांग्रेसमा आवद्ध रही तत्कालिन पांचकन्या गाउँं पञ्चायत प्रधान पञ्चका उम्मेदावार भएको थिए । २०४६ पछि गाबिस अध्यक्षमा कांग्रेसको उम्मेदवार थिए । उनि लामो समय कांग्रेसको पांचकन्या गाबिस पार्टी सभापति रहे । पांचकन्या धरानमा गाभिए पछि उनि क्षेत्रीय उपसभापति, प्रदेश सभा क्षेत्र १ (क) सभापति भए ।

















