नवलपरासी । पश्चिम नवलपरासीको सुनवलको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको छ । स्थानीय तहको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा अवैध उत्खनन्को घटना बढेका हो ।

कुनै पनि ठेक्का हाल नभएको भए पनि रात दिन नदिजन्य खुलेयम चोरी निकासी भएपनि नगरपालिकाका प्रमुख र प्रहरी प्रशासन मौन देखिएको छ । पदार्थ तुरिया पुल उतर तर्फ ५०० मिटरमै नदिजन्य पदार्थ चोरी हुन्छ तर प्रशासन मुख्दर्सक बन्छ । खोलामा ढुङ्गा , गिट्टी, बालुवा चोरी भएको प्रष्ट तुरिया पुलबाट देखिन्छ ।
तर स्थानीय सरकारका प्रतिनिधि सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख ददिराम अर्याल तथा सुनवल नगरपालिक वडा न : ४ क वडा अध्यक्ष् बिर बहादुर गुरुङ नदिजन्य पदार्थ चोरी गर्नेको अगाडी केहि चल्दैन नदिजन्य पदार्थ चोरी गर्ने टोलि लाइ भोट बैंकको रुपमा हेर्दा कार्यबाहक नगर प्रमुख अर्याल मुख्दर्सक मात्र होइन डरछेरुवा देखिन्छन तस्करी को अगाडी केहि चल्दैन अर्यालको यसरी खुलेयाम चोरी हुदा किन मौन बस्छा नगरपालिका यसको रहस्य बुझ्न जरुरि छ ।
दैनिक रूपमा निर्धक्क चोरी गर्नु कारण कमिसन को खेल को साथै अबको चुनबी महल बनाउन खेल रहेको ले नदेखे जस्तो गर्छन स्थानीय सरकारका प्रमुख अर्याल । कमिशन ले गर्दा खोला दोहन भएको हो प्रस्ट बुझ्न सकिन्छा कमिसन प्रहरी प्रशासन , बनका कर्मचारीहरुले लिने गरेको स्थानीय भन्छन। किनकि “हामी फोन गरेर खबर दिदा पनि नाआउने , आए ढिलो आउने गरेका छन ” । खोला बाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी राति दिन बराबर चोरी गरेको पाइएको छ ।
नदिजन्य पदार्थ चोरी गर्ने टोलि नै छन र टोलिले खोलाम जाने बाटोमा आफ्न् सुरकी राख्ने गरेको स्थानीय भन्छन। राजनीतिक दलले सबै भन्दा बढी मात्रमा ट्याक्टरबाट ढुंगा, मिस्कट, बालुवा जस्ता नदीजन्य पदार्थ दोहन गर्ने सुनवल राजनीतिक दलका कार्यकर्ताको साथै केहि सप्लायर्स र केहि ब्यक्ति हरु खुलेयम कारोबार हुन्छा उधोग बाणिज्य संग सुनवलको अध्यक्ष् तथा नेपाली कांग्रेशका नगर उपसभापति रमेश कर्माचार्य ,तरुण दलका जिल्ला उपसभापति गोपी पुन , नेपाली कांग्रेशक कार्यकर्ता हरु बिपिन ठकुरी , हर्क राना ,सुमन थापा , लालहरि श्रेष्ठ , नेकपा का कार्यकर्ता विजय कर्माचार्य , रास्ट्रीय प्रजातान्त्र पार्टीका कार्यकर्ता राम देव राई, राधिका बस्नेत जस्ता राजनिक दलको नदि कटान ,खोला दोहन रोक्नुको सट्ट आफै खोला दोहन मा व्यस्त छन भने कसरी रोकिन्छा त खोला दोहन ? , यी सब कार्यकर्ताका टेक्टर सुनवलको चोक बाट दौडउदा पनि सुनवल चोक मा रहेको ट्राफिक बिटमा डिउटी गर्ने ट्राफिक पनि खोला दोहन गर्नेहरु संग केहि बोल्न सक्दैन किन कि ट्राफिक प्रमुखलाइ महिनवारी कमिसन जान्छा ।
त्यति मात्र होइन सुनवल नगरपालिकाले बेलैमा टेण्डर नगर्दा चोरी बढेको हो । चोरी गर्ने अधिकांस खोलकै किनारम बस्ने स्थानीय नै हुन । त्यस्तै स्थानियबासीहरुले तुरिया खोलाको पश्चिम् ,पुर्ब तर्फबाट ढुंगा निकासी गरिरहदा आफ्नो क्षेत्र भन्दा बाहिर गई चुरे क्षेत्रबाट समेत ढुंगाा निकासी गर्ने गरेको आरोप लगाउदै खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा खोला भासिएर धेरै गहिरो र तुरिया पुल पनि भासिएको हुदा सो खोलाले खोला किनारको आवादि नम्बरि जग्गालाई निकट भविष्यमा ठुलो क्षति पुर्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।
बर्दघाट नगरपालीकामा अवस्थित बिभिन्न खोला—नदिहरुमा अहिले ठुला उपकरण जेसिभि ,हेक्साभेटर प्रयोग गरि अबैध उत्खनन् गर्ने कार्य तिभ्र गतिमा भइरहेको छ । बर्दघाट नगरपालिका अन्र्तगत पर्ने खजुरा खोलामा
ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै वनाएर ठेक्का हाल्ने गरेको देखिन्छ ।
प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा बर्दघाट नगरपालीकाका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता , स्थानीय प्रहरी , स्थानीय प्रशासन, बन कार्यालयलगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरिरहेका छन जहा कुनै पनि मापडण्ड पालना गरिएको पाइदैन ।
बर्दघाट नगरपालीका स्थित खजुरा खोलाको ठेक्का दाउन्ने कन्ट्रक्सनले प्रशासन संग उठवस गरेका समुहले नै अवैध उत्खनन्नको नेतृत्व गरिरहेको छ ।

















