काठमाडौं । सरकारले बोटलर्स नेपालविरुद्ध सरकारले कर छलीको मुद्दा दायर गरेको छ । शुक्रबार राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा मुद्धा दायर गरेको हो ।

दायर गरिएको मुद्धामा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल गर्न भनिएको छ ।
बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर दायर गरिएको मुद्धा बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।

















