सिराहा । सीमामा हुने अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन्। दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन्।

नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणका सहयोग पुगेको सीमा क्षेत्रका सुरक्षाकर्मीको भनाई छ। मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ। नवराजपुर गाउँपालिकामा रहेको नेपाल र भारतका खुला सीमानामा संयुुक्त गस्तीले निरन्तरता पाएको सशस्त्र प्रहरी निरीक्षक प्रकास पाण्डेले बताए। दशगजा क्षेत्रमा संयुक्त गस्ती भइरहेको छउनले भने, ‘सीमा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी छ।’

सिरहाको नवराजपुर क्षेत्रको दशगजामा संयुक्त रुपमा दुवै देशका सुरक्षाकर्मीहरु गस्ती गरिरहेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नवराजपुरका सीमानाकामा संयुक्त गस्ती जारी राखेको सस्शत्र प्रहरी बल नेपाल , बिओपी नवराजपुरका सस्शत्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए ।
‘सीमामा संयुक्त गस्ती गर्दा अपराधमा कमी आउनुका साथै दुवै देशका सुरक्षाकर्मीबीच सम्बन्धसमेत मजबुद हुन्छ’, उनले भने । सीमामा संयुक्त गस्तीका क्रममा नवराजपुर गाउँपालिका–५ कुसनडीस्थित स्तम्भ नं २४८ देखि २५०.५ को अनुगमन गरिएको थियो ।

नेपालतर्फबाट सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट सस्शत्र प्रहरी निरीक्षक प्रकास पाण्डेको कमाण्डमा खटिएको ४ जना र भारतीय सीमा सुरक्षा बल १८ बटालियन कम्पनी (ए) बर्डर आउट पोष्ट धनुकिबाट प्रहरी नायव निरीक्षक अखिलेस कुमार यादवको कमाण्डमा ५ जनासहित ९ जनाको संयुक्त टोलीले गस्ती गरेको हो ।
सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुर अन्र्तगत पिलर नम्बर २४८ देखि २५०.५ पर्ने भएकोले सबै पिलरको अनुगमन गरिने सस्शत्र प्रहरी निरीक्षक पाण्डेले बताए । संयुक्त अनुगमनले चोरी निकासीको घटना कम हुनुको साथै दुवै देशका जनतामा सुरक्षाको प्रत्याभुति भएको सशस्त्र प्रहरीको भनाई छ ।

















