नवलपरासी । पश्चिम नवलपरासीको भारत सीमा बाट बिभिन्न समानको साथै कुखुरा अबैध रुपमा तस्करी कार्य तीव्रगतिमा भएको छ । प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य भएको छ । । यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।

स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भैइरहे छ।यस कार्य मा भारत तथा नेपाल को तस्कर मिली यस कार्य ब्यपाक रूप मा भइरहेको हकुईको गाउँ हुँदै कपडा तस्करी सुनवल सम्मा पुर्याउने गरेको र भारत को सीमामा पर्ने रूपन्देहीको तर्कुलाहा, बुचिबर्वा गाउँ हुँदै साइकल र मोटरसाइकलमा लोड गरेर तोनवा को गाउँमा नेपाल को तस्कर हरु लाई जिम्मा लगाउदा पनि तोनवा प्रहरी चौकीका इन्चार्ज मुक्दर्सक बन्छन ।
भारत तथा नेपालका तस्करहरुको मिलीमतोमा अबैध रुपमा इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ ।तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको खुकुरा भित्राउदै गरेका एक युवाले बताए ।
यसको रहस्य के होला। दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । प्रत्यक तस्करी संग मासिक रु ५००० लिने गरेको पाईन्छ ।उक्त कुखुरहरु मोटरसाइकल र बोलेरो बाट रूपन्देहीको खैरहनी र सुनवलका खुद्रा ब्यपारी हरु लाइ दिने गरेका छन्।
तर सीमावर्ती क्षेत्र मा पर्ने प्रहरी प्रशासन, घुमवा, शास्त्र प्रहरी , तस्करी कार्य अबैध रुपमा भैरहे पनि प्रसासन हरु मौन भयर बसिरहेका छन्। नवलपरासीमा सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि जिल्ला प्रहरी भने बेखबर जस्तैः छ ?

















