Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

युक्रेनद्वारा ८ सय रुसी सेना मारिए, ३० ट्यांक–७ युद्धक विमान पनि ध्वस्त

युक्रेनद्वारा ८ सय रुसी सेना मारिए, ३० ट्यांक–७ युद्धक विमान पनि ध्वस्त

एजेन्सी । युक्रेनले गएको २४ घण्टामा आठ सय रुसी सेना आफ्नो कारवाहीमा मारिएको दाबी गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले शुक्रबार सो संख्यामा रुसी सेना आफ्नो कारवाहीमा मारिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार ३० ट्यांक, सात युद्धक विमान र ६ हेलिकप्टर पनि सोही अवधिमा ध्वस्त बनाइएका छन्।

यस्तै रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु भएका छन् भने ३१६ घाइते भएका छन्। एनबीसी न्युजका अनुसार आज युुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४० युक्रेनी सेना पनि छन्।

पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

उता युुक्रेनमाथि आक्रमण सुरु भएपछि विश्व समुदायले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।

युक्रेनले १८ देखि ६० वर्षसम्मका नागरिकलाई देश छाड्न दिएको छैन। उनीहरुलाई हतियार उठाउन त्यहाँको सरकारले आह्वान गरेको छ। सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

रूसी कदमबारे संसारभरिबाट प्रतिक्रिया आइरहेका बेला संसारका दुई ठूला जनसंख्या भएका चीन र भारत भने यस विषय ‘चुप’ छन्। रूसले युक्रेनमाथि गरेको नांगो आँखाले देखिने हस्तक्षेपको उनीहरूले विरोध गरेका छैनन्। फरक पृष्ठभूमि र वर्तमान भए पनि विश्वमञ्चमा आफ्नो भूमिका बढाउँदै गएका यी दुई मुलुक रूसले युक्रेनमाथि आक्रमण गर्दा किन ‘चुप’ छन् भन्ने चासो छ।

रूससँग भारतको सम्बन्ध सोभियत युनियन कालदेखिकै हो। अमेरिका र सोभियत युनियनबीच शितयुद्ध चलिरहँदा भारतले असलंग्न परराष्ट्र नीति अँगालेको भए पनि अमेरिकाभन्दा बढी उसको सम्बन्ध रूससँग थियो। भारतको सैन्य क्षेत्रमा रूसले ठूलो सहयोग गरेको थियो।

पछिल्लो समय भारत अमेरिकी नेतृत्वको समूहसँग नजिकिए पनि रूससँग उसको सम्बन्ध राम्रै छ। भारतको सैन्य क्षेत्रमा रूसी प्रविधिका धेरै उपकरण अहिले पनि प्रयोग भइरहेका छन्। गत डिसेम्बरमा पुटिन भारत आउँदा यी दुई मुलुकले सन् २०३१ सम्म गर्ने सैन्य सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन्।

बिहीबार रूसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको विधान सभा चुनावका लागि एक र्‍यालीमा सम्बोधन गर्दै थिए। उक्त सम्बोधनका क्रममा उनले रूस-युक्रेन युद्धबारे एक शब्द पनि उच्चारण गरेनन्। भारतीय प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार राति मोदीले पुटिनसँग टेलिफोनमा कुराकानी गरेका छन्।

द हिन्दुका अनुसार टेलिफोन कुराकानीका क्रममा पुटिनले मोदीलाई आफूले युक्रेनमाथि आक्रमण गर्न गरेको निर्णयबारे ब्रिफिङ गरेका थिए। मोदीले पुटिनलाई युद्धविराम गरेर वार्तामार्फत समस्या समाधान गर्न भनेका थिए। युक्रेनमा जारी रूसी आक्रमणमा आफ्ना लागि सबैभन्दा ठूलो विषय युक्रेनमा रहेका भारतीयको सुरक्षा रहेको मोदीले बताएको भारतीय प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनमा २० हजारभन्दा बढी भारतीय विद्यार्थी मेडिकल शिक्षा अध्ययन गरिरहेको प्रारम्भिक तथ्यांक छ। नेपालको अर्को छिमेकी चीनले पनि रूसले युक्रेनमाथि गरेको आक्रमणमा कुनै ‘स्ट्यान्ड’ लिएको छैन।

अन्तर्राष्ट्रिय सम्बन्धमा पञ्चशीलको सिद्धान्त र अहस्तेक्षपको नीतिलाई जोड दिने चीनले कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने कुरालाई आफ्नो विदेश नीतिको आधार स्तम्भ मान्दै आएको छ। आफूले अरूलाई उपनिवेश नबनाएको तर आफू उपनिवेश हुनु परेको इतिहासले पनि चीनले अर्को मुलुक सार्वभौमिकतालाई निकै संवेदनशीलताका साथ लिने गर्दछ।

तर रूसले युक्रेनमाथि हमला गर्दा सबै पक्षलाई संयम रहन आग्रह गर्छौं भन्ने औपचारिक प्रतिक्रियामात्रै दिएको छ। सोभियत युनियन कालमा चीन र रूसको सम्बन्ध शंकाले घेरिएको थियो। सन् १९७० को दशकमा अमेरिका र चीनको सम्बन्ध सुरू भएपछि आर्थिक रूपमा चीनको सम्बन्ध अमेरिकासँग कसिलो बन्दै गएको थियो।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरू गरेपछि भने अहिले अमेरिका र चीन हरेक मोर्चामा प्रतिष्पर्धा गरिरहेका छन्। उनीहरूको सम्बन्ध निकै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। अमेरिकासँग तनाव बढेका बेला चीन-रूस सम्बन्ध भने पछिल्लो समय मजबुद् बन्दै गएको छ।

फेब्रुअरीको सुरूमा बेइजिङमा भएको विन्टर ओलम्पिकका क्रममा चीनले रूसी राष्ट्रपति पुटिनलाई निम्त्याएको थियो। पुटिनको त्यही भ्रमणका क्रममा चीन र रूसबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको थियो।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले हुवा चुनयिङले रूस-युक्रेन द्वन्द्वको इतिहास निकै जटिल भएको बताएकी थिइन्। युकेनमाथि रूसी आक्रमणबारे चीनको धारणा के हो भनी सोध्ने एक पत्रकारलाई उनले ‘हामी चिनियाँहरू तिमी पश्चिमाहरूजस्तो चाँडै निष्कर्षमा पुग्दैनौं’ भन्ने जवाफ फर्काएकी थिइन्।

बिहीबारै रूसी विदेश मन्त्री सर्जिए लाभरोभ र चिनियाँ समकक्षी वाङ यीबीच कुराकानी भएको छ। उक्त कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री यीले युक्रेन र रूसको जटिल इतिहास रहेको र चीनले रूसको स्वभाविक सुरक्षा चासोलाई बुझ्ने बताएका थिए।

युक्रेनमाथि रूसी आक्रमणमा चीनले देखाएको ‘मौनता’ लाई अमेरिकाले भने रूसलाई सहयोग गरेको अर्थमा बुझ्ने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसको यो नांगो हस्तक्षेपलाई स्वीकार्य ठान्ने मुलुकलाई उसको सहयोगी ठानिने बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

‘अब अन्तर्राष्ट्रिय मञ्चमा पुटिन पराया हुनेछन्। जुन मुलुकले युक्रेनविरूद्ध रूसको यो नांगो हस्तक्षेपलाई स्वीकार्य ठानेका छन् उनीहरूमाथि रूसलाई सघाएको धब्बा लाग्नेछ,’ चीनको नाम नलिइकनै बाइडेनले भनेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh