Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

काठमाडौं । नेपाल मामलामा शक्तिराष्ट्रहरु यसरी सायदै खुलेका थिए । अहिले अमेरिका र चीन नेपालमा प्रभाव जमाउन खुलेरै प्रस्तुत भएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले २७ माघमा नेपालका प्रमुख दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब दिएको खुलिसकेको छ । माओावादी अध्यक्ष प्रचण्डले त धम्की नै दिएको आशयका साथ अभिव्यक्ति दिएका छन् । अमेरिकाले एमसीसीलाई प्रतिष्ठाको विषय बनाएर पारित नगरे सम्बन्धमा पुर्नविचार गर्ने देखि विभिन्न सहयोग रोक्ने चेतावनी दिइसकेको छ । उसले नेपालमा चिनियाँ हस्तक्षेप बुझ्ने समेत बताएको खुलिसकेको छ ।

अमेरिकाको पछिल्लो कदमप्रति चीनले खुलेरै आपत्ती जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले नेपाल मामलामा अमेरिकाले धम्की दिन खोजेको भन्दै चेतावनी दिएको छ । ११ फागुनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले चीनले चेतावनीका रुपमा एमसीसीलाई लाद्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘मलाई आश्चर्य लागेको छ जब उपहार आउँछ त्यो एउटा चेतावनीको प्याकेटका रुपमा कसरी आउन सक्छ ?’ उनले एमसीसीतर्फ संकेत गर्दै नेपाली जनताले कसरी स्वकार्न सक्छन् भनी प्रश्न गरिन् । यसलाई चपाउन नसकिने मासुको संज्ञा दिइन् ।

यसअघि ६ फागुनमा चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले एमसीसीतर्फ संकेत गर्दै राजनीतिक स्वार्थ जोडिएको सहयोग भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘नेपालको सम्प्रभूता र हितमा असर पुर्याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ बढाउने विषयको हामी विरोध गर्छौं ।’

नेपालको विषयमा अमेरिका र चीन बोलेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यी विषयहरु नेपालको आन्तरिक मामला भन्दै ‘नेपालले विकास सहयोग राष्ट्रको आवश्यकता र प्राथमिकताका आधारमा लिने’ भनेको छ । नेपालको सार्वभौम संसदले विकास सहयोगबारे नेपाल र नेपाली जनताको चाहना बमोजिम निर्णय लिने भनेको छ ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक विज्ञप्तिका बाबजुद अमेरिका र चीन नेपाल मामलामा खुल्ला टकरावमा उत्रिइसकेका छन् । अमेरिका कुनै हालतमा एमसीसी पारित गराउन लागिपरेको छ । चीन कुनै हालतमा रोक्न लागिसकेको छ । यस मामलामा नेपालका नेताहरु पनि कित्ता काट गर्दै बढेका छन् । एमसीसीको विरोध र समर्थनबाट को अमेरिका पक्षमा र को चीनको पक्षमा छ भन्ने खुल्न थालिसकेको छ । नेपाली जनताले आफ्ना नेताहरुको पक्ष या विपक्ष यसरी पहिलोपटक देख्न पाएका छन् ।

नेपाल मामलामा अमेरिका र चीनको टकरावबीच अन्य शक्तिले पनि भूमिका देखाइरहेका छन् । भारत, यूरोपेली युनीयन र रुसको समेत नेपाल मामलामा प्रभाव देखिन्छ । ती देशहरुमध्ये यूरोपेली युनीयन स्पष्ट रुपमा अमेरिकी पक्षमा देखिन्छ । भारतले भूमिका बढाउन खोजिरहेको छ ।

यसका लागि अमेरिकासँग उसले कुनै न कुनै कूटनीतिक लेनदेन चाहिरहेको छ । विशेषगरी, अमेरिका नेपाल मामलामा सिधै नआई आफ्नो तर्फबाट आओस् भन्ने भारतको चाहना देखिन्छ । श्रीलंकामा भारतको माध्यमबाट नभई सिधै जान खोज्दा एमसीसी अस्वीकृत भएको थियो ।

रुसले नेपाल मामलामा अमेरिकालाई चुनौती दिने सम्भावना देखिएको छ । तर, भारतलाई चिढ्याएर अगाडि बढ्न नचाहने भएकाले रुसको भूमिका तटस्थ पनि हुनसक्छ । अब नेपाल मामलामा चीन र अमेरिकाको टकरावमा भारत निर्णायक शक्ति देखिन थालेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh