काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।धादिङको ज्वालामुखी गाउँपालिका- घर भई काठमाडौं महानगरपालिका–२६ बस्दै आएका ४३ वर्षीय रमेशबहादुर पाठकलाई शुक्रबार अपराध महाशाखाको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको महाशाखाले जनाएको छ ।

















