लहान,जेठ ३ गते सनिवार । आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहा जिल्लाका एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – १ मौवाहीका ३० वर्षीय युवकमा कोरोना पोजेटिभ पुष्टि गरेको हो ।
उनी ६६ दिन अघि अर्थात फागुन २८ गते नै मलेसियाबाट घर आएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) सरोज गुरागाईंले जानकारी दिए ।
उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको सखुवानन्कारकट्टि गाउँपालिका प्रमुख अध्यक्ष केदारनाथ यादवले बताए ।
अध्यक्ष यादवका अनुसार ६६ दिनअघि विदेशबाट आएका उनलाई अहिले कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । अहिले उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।
सिरहा जिल्लामा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएसँगै यहाँ थप सतर्कता अपनाइको छ । त्यो युवकमा कोरोना पोजेटिभ भेटिएसँगै गाउँलाई नै शिल गर्ने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिनु भयो।
योसँगै प्रदेश नम्बर – २ का आठै जिल्लामा कोरोना संक्रमित भएका छन् ।
तपाईको प्रतिक्रिया !

