काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।

कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको बलले जनाएको छ ।

















