काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नगराउने प्रयास अहिले पनि जारी रहेको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन नगराउने षडयन्त्र भईरहेको बताए ।
उनले भने, “अझै पनि सजकतका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ। अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ,”
ओलीले फागुनभित्र निर्वाचन नगरेर पर सार्ने र असंवैधानिक बाटो रोजेर राज्य सञ्चालन गर्ने प्रयासबाट भएको भन्दै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बनाउने प्रयास भएको समेत बताए ।
