काठमाडौं,जेठ २ गते शुक्रबार । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । संक्रमित ्ब्यक्ति भाग्दा समाज झनै जोखिमा पर्ने भएको हुदाँ उक्त संक्रमित ब्यक्तिमाथी गोली चलाउन सक्ने निणर्य गर्नुपरेको प्रमुख जिल्ला अधिकारीले बताए ।
