आलोक यादव
सिरहा,जेठ १ गते बिहिवार । सिरहा जिल्ला कोरोना भाईरस (कोभिड १९) को घेरा बन्दीमा रहेको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) सरोज प्रसाद गुरागाईले बताए । सिरहा जिल्ला कोरोनाको घेरा बन्दीमा रहेकोले सम्पूर्ण जिल्लाबासीलाई सजग रहन सिडियो गुरागाईले अनुरोध गरेको छ । गुरागााईले कोरोनाबाट बच्न सामाजिक दूरी कायम राखनु नै मुखय उपाय रहेको बताए । उनले भने, लकडाउललाई पालना गरी आफु पनि सुरक्षित रही अरुलाई पनि सुरक्षित राखदै जिल्लालाई संक्रमणमूक्त बनाउन जिल्लाबासीहरुलाई आग्रह गरे । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढदै गएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमित २ सय ४५ जना पुगी सकेको जनाएको छ । अहिले देखि नै सजग रहन सकेन भने ठूलो दुर्घटनामा पर्न सक्ने र त्यती बेला पछताउनु बाहेक अरु केही पनि नरहने बिज्ञहरुले जनाए । प्रदेश नं २ लाई सरकारले रेडजोनमा राखि सकेको छ ।

















