दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेकाे छ ।
लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैसाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो ।

त्यस्तै लेनदेन मुद्दामा फरार घोराही उपमहानगरपालिका-३ मा बस्ने ५३ वर्षीय नैनबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले ०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको कामीलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

















