नेपालगन्ज । युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी थिइन् ।
उनीसँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेका थिए भने उनलाई अपहरण गरी जंगलमा लगेका थिए ।
युवतीले जंगलमा आफूमाथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् । प्रहरीले उक्त घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिएको छ ।

