काठमाडौं ।आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि १० पुसको मध्यराती खुकुरी प्रहार गर्ने शनि तामाङ पूर्पक्षका लागि थुनामा गएका छन् ।

काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले शनिलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।शनिले महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीमाथी खुकुरी प्रहार गरेका थिए ।
उनको टाउकोमा गंभिर चोट लागेको छ । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भएको थियो । प्रहरीका अनुसार १० पुसको मध्यराती काठमाडौं तार्केश्वर नगरपालिका शेषमति लामबगरमा दुई युवाबीच विवाद हुँदा रामेछापका शनि तामाङले दोलखाका सुवाष तामाङलाई खुकुरी प्रहार गरेका थिए ।
सुवासलाई खुकुरी प्रहार गरेर भागेका शनिका बिषयमा महानगरीय प्रहरी कन्ट्रोलले तत्काल सबैलाई अर्लट गराएको थियो । सोही राती करिब १ बजे डीउटीमा रहेका सई अवस्थी तत्काल सूचना पच्छ्याउँदै शनिसम्म पुग्न सफल भएका थिए । तर, उनले हतियार सहित आत्मसमर्पण गर्न भन्दाभन्दै शनिले सई अवस्थीमाथी नै टाउकोमा खुकुरी प्रहार गरि घाईते बनाएका थिए ।
सई अवस्थीले घाईते अवस्थामा समेत शनिलाई नियन्त्रणमा लिएर थप प्रहरी बोलाएका थिए ।पक्राउ परेका शनिलाई महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा राखेर अनुसन्धानपछि फाइल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाइएको थियो । शनिले प्रहार गरेको खुकुरी लागेर घाईते भएका सुवासको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएर उनी डिस्चार्ज भएका थिए ।
