पर्सा । पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट अन्दाजी १०० जनाको संख्यामा रहेका नेपाली काँग्रेस पार्टीको नगरस्तरीय कार्यकर्ताहरूले प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप मोटरसाइकल र्याली निकाली नगर परिक्रमा गर्ने क्रममा ऐ. १५:२० बजे र्यालीसँगै मो.सा.मा आएका वीरगञ्ज म.न.पा.वडा नं.१ बस्ने वर्ष २६ को सुमन पटेलले ऐ. वडा नं.१३ तेजारथ टोलमा रहेको २ नं. प्रदेशका मुख्यमन्त्रीज्यूको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेकोमा निजलाई व.प्र.का. बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरी यस कार्यालयमा ल्याई आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।


















