जनकपुर । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम गर्न प्रदेशका दुई तिहाइ सांसदहरुले मत दिएका छन् । सोमबार भएको मतदानमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सासदले जनकपुरको पक्षमा मतदान गरेको बताइएको छ ।प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागीता जनाएका थिए ।

मतदान सकिए लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका हुन् ।प्रदेश – २ को स्थायी राजधानी कायम गर्नका लागि यसअघि २०७६ साल चैत ३ गते मतदान भएको थियो ।
यद्यपि स्थायी राजधानी कायम हुन सकेको थिएन ।

















