काठमाडौं । उदयपुरका एक युवक साउदी अरबमा पक्राउ परेका छन् । १७ वर्षअघि स्थानीय मानबहादुर तामाङको ह त्या गरी साउदी भागेका गोबिन्द मगरलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को कोठमाडौं एनसीबीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मृतकका आफन्त जीतबहादुर तामाङले मगरबि रुद्ध जाहेरी दिएका थिए । १७ वर्ष पुरानो केश पल्ट्याएर हेर्दा अ भियुक्त मगर रोजगारीका लागि खाँडीमुलुक पुगेको पत्ता लागेपछि उदयपुर प्ररहीले प्रक्रिया अगाडि बढाएको थियो ।
उनलाई बुधबार राती इन्टरपोलको टोलीले साउदी अरबबाट सीधै नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रक्रिया पुर्याएपछि जाहेरी दिइएको प्रहरी कार्यालय उदयपुरको बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरमा ल्याइने बताइएको छ ।
स्रोतका अनुसार पक्राउ परेका मगरलाई हाल काठमाडौंमै राखिएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला हुँदै इलाका ल्याइने बताइएको छ । जेठोखबरलाई प्राप्त जानकारी अनुसार अभियुक्त मगरले २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङको ह त्या गरेलगतै भित्रभित्रै कागजपत्र मिलाएर घटनाबाट जोगीन बिदेसीएका थिए ।
तामाङ परिवारको जाहेरीमा उदयपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा एनसीबी काठमाडौं कार्यालयबाट इन्टरपोल महासचिवालयलाई पत्र लेखिएको थियो ।
एनबीसी नेपालको आग्रहसहितको निबेदनपछि इन्टरपोलको महासचिवालयले मगरको खोजी गर्न २०७७ माघ २६ गते ‘रेड नोटिस’ जारी गरेको थियो । विश्वभर इन्टरपोल सक्रिय भई साउदीबाट पक्राउ परेको खबर आएपछि अभियुक्त मगरलाई लिन नेपालबाट टोली खटाइएको थियो ।
