वीरगञ्ज । वीरगञ्जमा दोहरो नागरिकता लिनेहरुको केन्द्र बन्दै गएको छ । दिनहुँ भारतीयहरुले नेपाली नागरिकता लिएकाहरुको खुलासा हुँदैगएको छ । भारतको विहारका पूर्वी चम्पारण प्रखण्ड घोड़ासहन पञ्चायत विशुनपुर अमवा थाना झरोखर स्थायी ठेगाना भएका मनोज कुमार कलवारसंग भारतीय र नेपाली दुवै नागरिकता रहेको खुलासा भएको छ ।

पुनदेव प्रसादको नाती त्रिवेणी प्रसादको छोरा मनोजको आमाको राजा देवी उल्लेख गरिएको छ । नेपाली नागरिकता लिएपछि मनोज कुमार कलवारको राष्ट्रियता माथि प्रश्न चिन्ह उठेपछि कलवारले आफ्नो आसपासेहरूलाई ‘हो म भारतीय हुँ, मेरो आमा बुवा भारतीय हुन, मेरो भाई मनीष अहिले पनि भारतीय हो, पैसाको बलमा मैले २०६३ को टोलीबाट नागरिकता लिएको बताए ।
तत्कालीन प्रशासकीय अधिकृत दुर्गा दत्त ढकाल रहेको बेलामा विशुद्ध भारतीय नागरिक मनोज कुमार कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट खटेको टोलीबाट ना.प्र.प. नं. ३४३०२२–१३/११८४ को नागरिकता जन्मको आधारमा मिति २०६३/१२/२९ गते हासिल गरेका हुन ।
मनोजले नेपाली नागरिकता हासिल गरेपछि भएभरको खानदानलाई नेपाल बोलाई रोहित केमिकल ट्रेडर्स नामक कम्पनी खड़ा गरी भारतीयहरूलाई मात्र कामदार राखेका छन् ।
