Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इच्छाराजविरुद्ध सङ्गठित अपराध मुद्दा


इच्छाराजविरुद्ध सङ्गठित अपराध मुद्दा

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ठगी तथा सङ्गठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम गत बुधवार जिल्ला अदालतले माग गरेबमोजिमको घरजग्गा रोक्का गर्न आदेश दिएको हो।

लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। श्रेष्ठ सिभिल सहकारीका अध्यक्ष हुन्।इच्छाराज, उनकी श्रीमती र आफन्तको नाममा अर्बौंको सम्पत्ति रहेको खुलेको छ। काठमाडौंको कीर्तिपुरमा मात्र उनी, श्रीमती सृजना शाक्य तामाङ तथा छोरीहरू प्रतीक्षा र प्रतिष्ठाका नाममा ३२ स्थानमा घरजग्गा रहेको छ।

त्यस्तै, तामाङले सञ्चालन गरेको सिभिल होम्स, सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल स्टेट् प्रालिको नाममा रहेको १ सय १२ वटा घर तथा जग्गासमेत रोक्का भएका छन्। चारवटा कम्पनीको नाममा रहेको ४४ हजार १ सय ५२ दशमलव ९७ वर्ग मिटरमा (८६ दशमलव ७८ रोपनी) फैलिएका जग्गा रोक्का भएको हो।

सहकारी संस्थाको नाममा रहेको बा ११ च ३७७७ नम्बरको ल्यान्डक्रुजर गाडीसमेत हस्तान्तरण गर्न नपाउने गरी रोक्का गरिएको छ।सिभिल स्टेट् प्रालि सुन्धाराको नाममा कित्ता नम्बर २४२४ भएको ३ हजार ४८ दशमलव ९६ वर्ग मिटर जग्गा रोक्काको लागि माग गरिएको थियो। यो करिब ६ रोपनी जग्गा हो। त्यस्तै, सिभिल अपार्टमेन्ट प्रालिको नाममा ललितपुर धापाखेलमा १ सय २७ दशमलव १६ वर्ग मिटरमा जग्गा रहेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरूको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्नसमेत माग गरेको छ। उनले श्रीमतीको नाममा सबैभन्दा धेरै घरजग्गा जोडेको देखिएको छ। ३२ वटा अचल सम्पत्तिमध्ये २५ वटा घरजग्गा श्रीमतीको नाममा रहेको छ।काठमाडौंको कीर्तिपुर नगरपालिकामा ५७ दशमलव ३० वर्गमिटर अर्थात् दुई आनाभन्दा पनि कम क्षेत्रफलको जग्गा इच्छाराज तामाङको नाममा रहेको छ।

सोही जग्गासँग प्रतीक्षा तामाङको नाममा ५ सय ५८ दशमलव ९५ वर्गमिटर (एक रोपनीभन्दा केही माथि) जग्गा रहेको छ। तामाङसहित श्रीमती र दुई छोरीको नाममा कीर्तिपुरमा मात्र घरसहित ६ हजार १ सय ३२ दशमलव ८९ वर्ग मिटर (१२ रोपनी) जग्गा रहेको छ।
त्यसबाहेक, विभिन्न बैङ्कका शेयर र मौज्दात रकमसमेत छ। सिभिल बैङ्कमा मात्र संस्थापक शेयर सङ्ख्या ४ लाख ४८ हजार ६ सय कित्ता रहेको इच्छाराजले नै बताएका छन्। रोक्का हुन लागेको ९७ रोपनी मध्ये बाँकी (७९ रोपनी) जग्गा इच्छाराजले सञ्चालन गरेको सिभिल होम्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा रहेको छ।

ललितपुरको सुनाकोठीमा रहेको जग्गा रोक्का गरिन लागेको हो। सिभिल होम्सको नाममा ४० वटा जग्गा रहेको देखिएको छ। जसमा सबैभन्दा कम ५ दशमलव ९७ वर्ग मिटर रहेको देखिन्छ। सामान्यतय १ सय देखि १ हजार ५ सय वर्ग मिटरमा ओगटेका जग्गा रहेको छ। ललितपुरको धापाखेलमा रहेको वडा नम्बर १/१ङ मा भने १ हजार ५ सय ५ दशमलव २७ वर्ग मिटरमा (करिब तीन रोपनी) जग्गा रहेको छ।तामाङले सञ्चालन गरेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा रहेको ४० वटा जग्गा समेत रोक्का हुने भएको छ। इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए।

त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख थिए। उनले २०६७ सालमा भने केशवलाललाई अध्यक्ष बनाए।
ऋण उपसमितिमा इच्छाराजको ठाउँमा केशवलाल नै आए। अहिले पनि केशवलाल नै सहकारीको अध्यक्ष हुन्। सहकारीभित्र जे भयो त्यसमा यिनै दुई जनाको प्रमुख योजना र मिलेमतो रहेको देखिएको छ। २२ सय भन्दा बढी निक्षेपकर्ताले बचत गरेको रकम सहकारीले गुरुङलाई नै ऋणको रूपमा दिएको देखिन्छ।सहकारीको नाममा सबैभन्दा धेरै जग्गा धापाखेलको कित्ता नम्बर ४८९ रहेको छ जसको क्षेत्रफल २ हजार ६ सय २७ दशमलव १६ वर्ग मिटर रहेको छ। ललितपुरको सुनाकोठीको कित्ता नम्बर १०१७ मा १ हजार ९ सय ७ दशमलव ७ वर्ग मिटर जग्गा रहेको देखिन्छ।


केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। प्रहरीले हाजिर गराएका १२ मध्ये ९ प्रतिवादीलाई अदालतले धरौटीमा रिहाको आदेश गरेको छ। एक जनालाई साधारण तारेखमा छाडेको छ। साधारण तारेखमा रिहा हुनेमा सङ्गीत श्रेष्ठ रहेका छन्।अदालतले प्रतिवादी हरिहर लामिछानेलाई ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

यस्तै, विजयविक्रम शाहीसँग १५ लाख, भगवान डङ्गोलसँग १० लाख धरौटी माग गरेको थियो। यस्तै, प्रतिवादीहरू बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुंगानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख, र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी मागेको थियो।अदालतले शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो। जिल्लाको पुर्पक्षको आदेशमा चित्त नबुझाए तामाङ र श्रेष्ठले एक तह माथिल्लो अदालतमा निवेदन दिन पाउनेछन्।


तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बिमा वा सहकारीसँग सम्बद्ध कसुरमा मुद्दा दर्ता भइरहेको छ । विभागले दुई वर्षअघि देखि नै तामाङ आबद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको छ ।


तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत बुधबार थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।


अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि यी १० जनालाई पनि मुद्दाको अन्तिम टुंगो नलागुन्जेसम्म थुनामै राख्नुपर्ने मागसहित आफूहरू उच्च अदालत जाने तयारीमा रहेको सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

सीआईबीले तामाङ र उनका कर्मचारीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध निवारण ऐन २०७० बमोजिम दोषी ठहर गरेको थियो । तामाङले विभिन्न प्रयोजनका लागि करोडौ रकम आफ्ना कर्मचारीको खातामा जम्मा गर्ने र उक्त रकम आफ्नो तजबिजमा खर्च गर्ने गरेको प्रहरीले फेला पारेको छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बयानका क्रममा प्रहरीसमक्ष यस्तो बताएका थिए ।
‘सिभिल होटल प्रालिले मेरो खातामा पटक पटक गरी बचत गरी १० करोड २० लाख रुपैयाँ जम्मा गरेको देखिन्छ,’ श्रेष्ठले बयानमा भनेका छन्, ‘उक्त रकम मेरो होइन इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रक्रिया मिलाउन सिभिल होटलको खाताबाट मेरो खातामा हालिदिएका मात्र हुन् ।’

पूर्वअध्यक्ष तामाङले भने सहकारी संस्थाका बचकर्ताहरूको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई संस्थाको भएको बताएका छन् । ‘संस्थामा बचतकर्ताले राखेको रकम फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो,’ प्रहरीसँगको बयानमा तामाङले भनेका छन्, ‘करिब २ हजार १ सय जना संस्थाका बचतकर्ता भएको थाहा पाएको हुँ । बचतकर्ताहरूलाई करिब ७ अर्ब जति रकम तिर्न बाँकी छ । सिभिल होम्सका समेत सबै कम्पनीबाट करिब ५ अर्ब रुपैयाँ सहकारी संस्थालाई तिर्नुर्नेछ ।’


तामाङले धेरै कारोबार गैरबैंकिङ प्रणालीबाट गर्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ । सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोजमा १८ मा तामाङलाई पक्राउ गरेको हो । उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रिएको हो सहकारीमा सर्वसाधारणको एक लाखदेखि ८ करोड रुपैयाँसम्म बचत छ ।


ठगीमा संलग्न भएको आरोपमा सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछाने र सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh