Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कारागारबाट लागूऔषध को कारोबारमा संगठित गिरोह

कारागारबाट लागूऔषध को कारोबारमा संगठित गिरोह

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध नियन्त्रण ब्युरोले ७ हजार एम्पुल लागु औषध सहित १७ जनालाई पक्राउ गरेको छ । आरोपीहरूबाट डाइजेपाम २ हजार ३१६ एम्पुल, फेनारगन २ हजार ३५० एम्पुल र नुर्फिन २ हजार ३३४ एम्पुल बरामद गरेको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङ घर भएका सुरज सिंह ठकुरी र काठमाडौँको बालाजु बस्ने दीपक महर्जन सहित १७ जना छन् । आरोपीहरूलाई सिन्धुली कारागारमा जेल भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले लागु औषध पठाउन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरु र गुड्डु गुप्ताको बिचमा सो कारागारमा जेल भुक्तान गरिरहेका सन्तोष स्याङतानले फोन सम्पर्क गराउँदै आएको ब्युरोका एसएसपी हृदय थापाले बताए ।

ब्यूरो (एनसीबी) ले मंसिर अन्तिम सातातिर काठमाडौंबाट एक जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लियो, तर मुद्दा चलाएन । बरु तिनै व्यक्तिको सहयोगमा लागूऔषध कारोबारमा संलग्न एउटा संगठित गिरोहलाई समातेको प्रहरीले बताएको छ ।लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै एक महिना लामो ‘अपरेशन एम्पुल’ चलाएर ९ जनालाई समातेको छ ।

ब्यूरोको यो अपरेशनबाट कारागारमा जेल सजाय भुक्तान गरिरहेका व्यक्तिले लागूऔषधको संगठित कारोबार गरिरहेको देखिएको छ ।ब्यूरोका प्रमुख हृदय थापा भन्छन्, ‘कारागारबाट एक जना कैदीले टेलिफोन नाइके र एक जना कार्यालय सहयोगीलाई प्रयोग गरेर लागूऔषध कारोबार गरेको भेटेका छौं ।’लागूऔषध कारोबारमा संलग्नता खुलेपछि सिन्धुली कारागारका कैदी गुड्डु गुप्ता, टेलिफोन नाइके सन्तोष स्याङ्ताङ र कार्यालय सहयोगी रीता सारुमगर पक्राउ परेका छन् ।

गुप्ता र स्याङ्ताङको अनुसन्धान चलिरहेका वेला रौतहट कारागारमा सरुवा भइसकेको छ ।गुड्डुको गिरोहमा जोडिएका दिपक महर्जन, पञ्च स्याङ्तान, संग्राम मोक्तान, सुरजसिंह ठकुरी र दुई जना नाबालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

शुरुमा समातिएका लागू औषध प्रयोगकर्ताले औषधिजन्य एम्पुल बिक्री गर्ने एक जना कारोबारीसम्म पुर्‍याइदिने आश्वसन प्रहरीलाई दिएका थिए ।‘उसले भनेअनुसार पञ्च स्याङ्तान नामक व्यक्तिबाट लागूऔषध लिन जाने डिल भयो,’ ती अधिकृत भन्छन्, ‘तर स्याङ्तान आफैं आएनन्, सहयोगी सिन्धुलीका संग्राम मोक्तानलाई पठाए ।’ प्रहरीका अनुसार मोक्तानको साथबाट थोरै परिणाममा एम्पुल बरामद भएकाले थप लागूऔषध माग्दै स्याङ्तानसँग डिल भयो ।

उनी बौद्धको महांकाल पानीट्यांकीमा भेट्न राजी भए, त्यहीँबाट १६६ एम्पुल डाइजेपाम, १७० एम्पुल फेनारगन र १७५ बुफ्रेनोर्फिनसहित स्याङ्तान समातिए । प्रहरीले उनीसँग केराकार गर्न थाल्यो, उनले आफूलाई एउटा फोन आउने र त्यही आधारमा लागूऔषधबारे काम गर्ने गरेको बयान दिएका छन् ।

प्रहरीले नेपाल टेलिकमसँग समन्वय गरेर कल डिटेल रेकर्ड निकाल्यो । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार त्यो सीम कार्डको लोकेशन सिन्धुलीतिर देखियो भने फोनमा ‘आउट गोइङ कल’ मात्र देखियो । त्यो नम्बरमा कसैले फोन गरेको थिएन ।सिन्धुली कारागारमा १० वटा मोबाइल सक्रिय रहेछ, सबैमाथि अनुसन्धान गर्दा गुड्डु नामक कैदीले त्यो नम्बर प्रयोग गर्ने गरेको हुनसक्ने देखियो ।गुड्डुको सिन्धुली कारागारमै भएको खुल्यो ।

उनको फोनबाट स्याङ्तानलाई कारोबारको सबै विवरणबारे जानकारी आइरहेको खुल्यो ।सिन्धुली जिल्ला कारागारमा गुड्डु गुप्ता नामक भारतीय नागरिक १९ वर्षको कैद सजाय काटिरहेका थिए । प्रहरीले उनलाई तत्काल पक्राउ गरेन, लागू औषध तस्करीबारे कारागार प्रशासनलाई पनि यसबारे जानकारी दिएन । बरु काठमाडौंमा पक्राउ परेका व्यक्तिको माध्यमबाट उनीसँग कुरा गरिरह्यो ।गुड्डुले ‘कारोबार घटेको’ भन्दै वेलावेला कराउँथे ।

त्यहीबीचमा फोनको सम्पर्कका आधारमा सुरजसिंह ठकुरी पक्राउ परे ८११ एम्पुलसहित । गुड्डुले ज–जसलाई सामान दिनु भन्छन्, उनीहरु पक्राउ परिरहेका थिए । तीन दिनपछि एकाएक गुड्डुको फोन आउन छाड्यो ।अनुसन्धान भइरहेका वेला उनी र अर्का कैदी सन्तोष स्याङ्ताङको रौतहट कारागार सरुवा भएको थाहा भयो ।’

सरुवा हुनुअघि नै कारागारका टेलिफोन नाइके सन्तोष पनि गुड्डुले चलाएको लागूऔषधको र्‍याकेटमा जोडिएको खुलिसकेको थियो / प्रहरीले गुड्डुलाई काठमाडौं ल्याएर बयान लिन थाल्यो, त्यसपछि यो घटनामा कार्यालय सहयोगी रीता सारुमगर पनि मुछिइन् ।घटनामा संलग्नता नै नस्वीकारेका गुड्डुलाई प्रहरीले उनी बोलेको रेकर्ड सुनाएपछि बल्ल कसूर स्वीकारेका थिए ।सारु मगरले बयानमा आफूलाई त्यो लागूऔषधको पैसा भएको थाहा नभएको बताएकी छन् ।

उनले एकपटकमा ३ लाख रुपैयाँसम्म गुड्डुले भनेको व्यक्तिको खातामा आईएमईमार्फत पठाइदिएको खुलेको छ । उनको खातामा पनि विभिन्न व्यक्तिले पैसा पठाएका छन् । प्रहरीका अनुसार बाहिर रहेका पञ्च, संग्राम लगायतलाई गुड्डुले कोठा भाडा तिरिदिनेदेखि मासिक १५ देखि २० हजार रुपैयाँसम्म दिने गरेका थिए । गुड्डु २०६८ मा ७ सय ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए ।

०६९ कार्तिकमा काठमाडौँ जिल्ला अदालतले उनलाई १८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।सन्तोष स्याङ्तानलाई २०७६ मा प्रहरीले सिन्धुलीबाट ५५ किलो गाँजा सहित पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेपछि उनी रौतहट कारागारमा जेल भुक्तान गरिरहेका छन् ।

पक्राउ परेकाहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार म्याद थप गरी विस्तृत अनुसन्धान हुने छ ।ऐनअनुसार उनीहरुमाथिको अभियोग पुष्टि भए दुईदेखि १० वर्षसम्म जेल सजाय हुनसक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh