काठमाडौं । काठमाडौंको दक्षिणी नाका फर्पिङबाट लागूऔषधसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रौतहटको चपुरबाट काठमाडौं आउँदै गरेका उनको साथबाट डाइजेपाम ५८८ एम्पुल, नुफिन ५८४ एम्पुल र फेनरागन ५८५ एम्पुल बरामद गरिएको हो ।
कोल्हबी नगरपालिका-५ बाराका ५१ वर्षीय टेकबहादुर थापालाई विभिन्न लागूऔषधसहित फर्पिङ नाकाबाट पक्राउ परिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार ना १ ज ३९३६ नं. को जीपमा उक्त लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















