बिहार । भारतको बिहार राज्यका कुख्यात डन पप्पुदेवको प्रहरी हिरासतमा मृत्यु भएको छ । बिहारको कोशी अन्चलको डनका रुपमा चिनिएका पप्पुको आइतबार बिहान मृत्यु भएको हो । उनी हिरासतमा रहेको बिहारको सहरसा पुलिसले देवले छाती दुख्यो भनेपछि उपचारको क्रममा भएको जनाएको छ ।

पप्पू देवको पार्थिव शरीरको तस्वीर हेर्दा शरीरमा चोट लागेको देखिएको बिहारका मिडियाले उल्लेख गरेका छन् ।बीबीसी हिन्दी सेवाका अनुुसार पप्पू देवकी पत्नी पूनम देवले आफू पटनमा बस्ने भएकाले केही थाहा नभएको बताइन् । उनले भनिन्– घटनास्थलमा गएर पार्थिब शरीर देखेपछि मात्रै उनको मृत्यु यातनाका कारण भएको हो कि होइन एकीनका साथ बताउन सक्छु ।
सहरसा पुलिसका अनुसार १८ डिसेम्बर साँझ सहरसा जिल्लाको सदर थाना क्षेत्रको सराहीमा पप्पू देव र उनका समर्थकले एउटा जग्गा जबजस्ती घेर्न खोजेपछि तनावपूर्ण अवस्था निम्तिएको थियो ।ही घटनामा पुलिसले पप्पू देवलाई गिरफ्तार गरेको थियो । पप्पुदेवलाई गिरफ्तार गरेपछि उनका समर्थक रसहरसा पुलिसबीच फायरिङ नै भएको थियो ।
यही फायरिङकै बीचमा पप्पू देवले प्रहरीबाट बच्नका लागि पर्खाल नाघ्न खोजे, त्यसक्रमा उनलाई छातीमा चोट लाग्न पुगेको थियो । राति २ बजे उनलाई स्थानीय अस्पतालको आइसीयुमा भर्ना गराइएको थियो ।सदर अस्पतालले थप उपचारका लागि रेफर गरेको थियो । तर रेफर गरेको केहीबेरमै आइतबार बिहानै उनको मृत्यु भएको थियो ।
पप्पुदेव बिहारमा कुख्यात अपराधी हुन् । उनीमाथि बिहारको सहरसा, मुजफ्फरपुर, पूर्णिया, कटिहार, किशनगंज, खगडÞिया और बेगूसरायमा अपहरण उद्योगका साथसाथै विभिन्न आरोप छन् ।

















