काठमाडौं । नेपाल सरकारको रिक्त सह–सचिवका लागि २० जना उप–सचिव बढुवाका लागि सिफारिस भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले २० जना उप–सचिवलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि समितिको आइतबार बसेको निर्णयले उनीहरूको सिफारिस गरेको छ ।नेपाल प्रशासन सेवा, राजपत्र प्रथम श्रेणीको पहिलो नम्बरमा बढुवाका लागि दीपक घिमिरे सिफारिस भएका छन् ।
बढुवा समितिले नारायणप्रसाद सापकोटा, बलराम निरौला, बेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ सिफारिसमा परेका छन् ।
गोपालकुमार अधिकारी, टुकराज पोख्रेल, वासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछाने बढुवा सिफारिसमा परेका छन् ।
लेखा परीक्षण सेवातर्फ पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठ सिफारिस भएका छन् ।

















