रौतहट । प्रहरीले श्रोत नखुलेको ४ लाख ५० हजार रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सितामढी बैरगिनियाकमा १९ वर्षीय विकास कुमार पासवान रहेका छन् ।

जिल्ला रौतहट गौर नगरपालिका-१ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पासवानलाई पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट ४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बारा पठाइएको छ ।

















