भक्तपुर । लेनदेनसम्बन्धीको विवादमा सूर्यविनायक न.पा.–२ बालकोट निवासी ३३ वर्षीय राजन श्रेष्ठको मंसिर २१ गते भएको हत्यालाई लिएर युवा संघले आज भक्तपुरमा पत्रकार सम्मलेन गरेको छ । योजनाबद्ध रुपमा भएको हत्या संघीन अपराध हो भन्दै आज युवा संघ नेपाल भक्तपुर जिल्लाले मध्यपुर थिमीमा पत्रकार सम्मेलन गरेको हो ।

सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स र क्रुर तवरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने बताए ।अध्यक्ष पौडेलले भने, ‘योजनाबद्ध रुपमा भएको हत्या संघीन अपराध हो यो । युवा संघको जिल्ला सदस्यको हत्या भएर मात्रै होईन देशको एउता होनहार युवाको हत्या भएकोले प्रहरीले घट्नालाइै औपचारिकतामा मात्रै सीमित राखेर तथ्यसम्म नपुगी अनुसन्धान रोक्न पाउँदैन सत्य तथ्य बाहिर ल्याउनु पर्छ ।’
क्राउ परेको दुई जनामात्र घटनामा संलग्न नभई अन्य पनि संलग्न हुन सक्ने संघले जनाएको छ ।
संघका अनुसार घट्नास्थलभन्दा केही पर एउटा घरको वरपर र फलामको रेलिङमा भएको रगत कसरी लतपतिएको हो अनुसन्धान गर्नुपर्छ । त्यसैले घट्ननामा को को संलग्न छन् त्यसको तथ्य रुपमा छानबिन गरि बाहिर ल्याउन माग गरिएको छ ।
लेनदेनसम्वन्धि विवाद भइरहँदा श्रेष्ठलाई सुर्यविनायक नगरपालिका–३ बालकोट निवासी २८ बर्षीय हेमन्त श्रेष्ठले मोरङ लेटाङ घर भई बालकोट बसेर मजदुरी गर्ने ३० वर्षीय प्रेम बिश्वकर्मासँग मिलेर हत्या गर्ने योजना अनुसार मंसिर २१ गते राति करिब पौने १० बजे फर्मा राख्ने काठले टाउकोमा हानेर विभत्स रुपमा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जनाइएको छ ।
अनुसन्धानका क्रममा घट्ना भएको मितिको करिब ३ दिन अगाडिदेखि नै हेमन्त र प्रेम मिलेर राजनको हत्या गर्ने योजना बुनिरहेको र मंसिर २१ गते बेलुका ८ बजेको समयमा गठ्ठाघरस्थित बर्गर हाउसमा राजन र हेमन्त चिया पिउँदै गफ गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।दुईबीच केही कुराकानी भएपश्चात चारदोबाटो बालकोट जाने हनुमन्ते पुल पारी दाईले पैसा लिएर आएको छ भन्दै राजनलाई हेमन्तले मोटरसाइकलमा राखेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोट बसीटोल हुनुमन्ते खोला नजिक फलामे पुल मुनी खाली जग्गामा हेमन्त र प्रेम मिलेर कुटपिट गरिरहेको स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको थियो ।घट्नास्थलमा महानगरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घट्नास्थलमा पुगी घटनाको मुचुल्का उठाइ मध्यपुर अस्पताल पुर्याएको थियो । घट्नाको प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न दुवैलाई प्रहरीले मंसिर २२ गते नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत थिमीले जनाएको छ ।

















