काठमाडौं ,बैशाख २८ गते आइतबार । नेपाली कांग्रेस महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको विषय गम्भिर भएको बताएका छन ।
नेपाली भुमी लिपुलेकमा भारतले सडक खनेको बिशयमा प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
कोइरालाले भारतीय हस्तक्षेपको समाधान खोज्न नेपाली कांग्रेसले कुटनीतिक माध्यमवाट दवाव दिने पनि उल्लेख गरे ।
महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिननहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताए ।
नेपालको एक इन्च पनि आफ्नो भूमि मिचिएको स्विकार गर्न नसकिने कोइरालाले उल्लेख गरे ।
चिन र भारत सग तत्काल बार्ता गर्न पनि कोइरालाले सरकारलाई आग्रह गरे ।

















