कञ्चनपुर। कञ्चनपुरमा पैदल यात्रीलाई ठक्कर दिने भारतीय नम्बरको कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका-२ को बंकमा पैदल यात्रीलाई ठक्कर दिने DL1ZC4754 नम्बरको कारका चालक सोही ठाउँका ३९ वर्षीय बिरेन्द्र सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले चालकलाई पक्राउ गरेपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग समेत सञ्चालनमा आएको जानकारी दिए ।प्रहरीका अनुसार कारको ठक्करबाट मृत्यु भएका स्थानीय ७२ वर्षका तारा नाथका आफन्तले दोषीलाई कानूनबमोजिम कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए ।
राजमार्ग सुचारु भएसँगै विभिन्न ठाउँका लागि छुटेर कृष्णपुरमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
