वीरगंज , बैशाख २८ गते आइतबार । नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म बिराेधकाे कार्यक्रम जारी रहने मानवअधिकार कर्मी हरेन्द्र पटेलले बताउनु भएकाे छ ।
मानव अधिकार कर्मी पटेलले आज फेसबुकमा स्टेटस मा लिख्दै पर्सा, बारा, रौतहट, सर्लाही लगायत यस क्षेत्रको गरिब जनताको उपचार गराउने नारायणी अस्पताल बीरगंजलाई संघिय सरकारद्वारा कोरोना अस्पताल बनाए पछि मानवअधिकार कर्मी लगायत सम्पूर्ण राजनीतिक दल नागरिक समाज संघ संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभए पछि बाध्य भएर लकडाउनको कारण बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएकाे छ ।
मानवअधिकार कर्मी पटेलले संघिय सरकारको प्रतिनिधिले नारायणी अस्पताल सुचारु गर्नकोलागी पत्र दिने भनिएता पनि पत्र नआएको र संघिय सरकारको पत्रबाट कोरोना अस्पताल भएको कारण नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म (घर घरबाट बिरोध) भने नाराको साथ हाम्रो धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने वताउनु भएकाे हाे । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएकाे छ ।

















