काठमाडौँ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आजबाट चितवनस्थित नारायणी नदीको किनारमा हुन गइरहेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।विश्लेषक केसीले बिहीबार एक युट्युब अन्तर्वार्तामा महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्दै एमालेको तामझाम देखेर लज्जाबोध हुने टिप्पणी गरेका छन्।

उनले लाखौं नेपाली जनताहरु भोक भोकै रहेका बेला ८० लाखको स्टेज खडा गरेर ३० लाखको सेल्फी खिच्ने ठाउँ बनाएको देख्दा लज्जाबोध हुने बताएका छन्।
महाधिवेशन आज शुक्रबार दिउँसो १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन्। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

















