Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरी बलको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा

सशस्त्र प्रहरी बलको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा

काठमाडौँ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सिसं १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ। सोहीअवसरमा सो समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उनले समक्ष ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे। दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको बीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु¥याएकोयोगदानको मुक्तकण्ठले प्रशंसा गर्दै कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुका साथै घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले गौरवशाली ईतिहासकासाथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भुकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनकासाथै उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापन लगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रुपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी बल, नेपाल सफल रहेको बताए। उनले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाईनमा खटिदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्दै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामुहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताए।

सम्माननीय प्रधानमन्त्री देउवाले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिबृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, ईमानदार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिनुकासाथै दीक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा पूर्ण सफलताको कामना समेत गरे। समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउदै प्रधानमन्त्रीको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला तथा मनोवल उच्च भएको बताए।

उनले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सेवा भावकासाथ समर्पित रहँदै सशस्त्र प्रहरी बल, नेपाल उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै राज्यप्रदत्त विविध जिम्मेवारीहरुका क्षेत्रहरु सीमा सुरक्षा तथा व्यवस्थापन, भुकम्प तथा महामारीमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारीमा डेडिकेटेड अस्पताल मार्फत विशिष्ट स्तरको उपचार तथा सो कोनियन्त्रण, विपद व्यवस्थापन, सशस्त्र विद्रोह तथा पृथकतावादी गतिविधि नियन्त्रण, आतंकवादी गतिविधि नियन्त्रण, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्दै सोको आम जनसमुदाय, नेपाल सरकार लगायत विभिन्न नियकाहरुबाट समेत प्रशंसा भएको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त,दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाकासाथै आवश्यक साधानश्रोतहरुको व्यवस्थापनमा प्रधानमन्त्रीको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गरे। उनले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरु डेडिकेटेड फोर्सको रुपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा नव प्रवेशी अधिकृतहरुका अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुहुँदै अधिकृतहरुकासाथै सकलदर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा ईमान्दार, कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाहमा जुट्न त्यसै अवसरमा निर्देशन दिए। सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरुलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराएका भएको थियो।करीव १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन्।

उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा,सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्ट उत्कृष्ट भएका छन्।दीक्षान्त समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

Tags: apf nepal ## talim ## inspector
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh