गाैर । तस्करहरूका लागि राैतहटकाे रामपुरखाप र बंकुल उर्वर भूमि बनेको छ। नेपाल प्रहरीको स्थानीय चाैकी प्रमुख एवं सशस्त्र प्रहरी बलको बिओपी प्रमुखहरूकाे सेटिङ एवं घुमुवाहरूकाे संरक्षणमा ठूलो तस्करी चलिरहेको छ। रामपुरखापबाट तस्करीको लाइन पाउनेमा कान्छा , इन्साज र खुसेद प्रमुख छन् ।

कान्छा भन्नेले भैसीकाे ठूलो तस्करी गर्दछन। भारतबाट दैनिक ठूलो संख्यामा उनले भैसीकाे तस्करी गरिरहेका छन् । त्यसैगरी इन्साज र खुसेदले भने खसीबाेकाकाे ठूलो तस्करी गरिरहेका छन् । उनीहरूले पनि भारतबाट दैनिक सयौंको संख्यामा खसीबाेका भन्सार छलेर तस्करी गरिरहेका छन् ।
त्यसैगरी बंकुल नाकाबाट पनि ठूलो मात्रामा व्यापक तस्करी भैरहेको छ।
जबकि बंकुलमा सशस्त्र प्रहरीको तर्फबाट बिओपीमा निरीक्षक भरत गाैतम रहेका छन् । स्थानीय प्रहरी र सशस्त्रका लागि मासिक पाँच लाख दिएर तस्करीको सेटिङ मिलाएको कुरा बाहिर आएकाे छ । यसबाहेक सशस्त्रको गणपति र घुमुवाकाे लागि मासिक छुट्टै व्यवस्था गरिएको पनि व्यापारीहरू नै बताउँछन् ।
बंकुलबाट तस्करीकाे लाइन पाउनेहरूमा श्यामसुन्दर (कपडा ) मुकेश पटेल ( हार्डवेयर) धर्मदेव (कपडा ) इन्साद ( कपडा ) पडिसी ( किराना र मटर) बिरेन्द्र सिंह , निरज सिंह र रूपेश सिंह ( रक्सी ) र सुरेश ( हार्डवेयर र कपडा ) छन् । दुवै प्रहरीको डिआइजी , बाहिनी र प्रदेशबाट खटिएका घुमुवा समेतलाई मासिक रकम दिएर सेटिङ मिलाएको भन्दै व्यापारीहरूले यी दुई नाकाबाट ठूलो तस्करी गरिरहेका छन् ।

















