वीरगञ्ज । पर्साबाट सरुवा भएका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डेलाई अलौ बासिन्दाले सम्मान तथा विदाई गरिएको छ ।

प्रहरी उपरीक्षक पाण्डेको पर्सावाट प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा व्यवस्थापन महाशाखा नक्साल काठमाण्डौमा सरूवा भएको छ।
कार्यक्रममा बोल्दै युवा नेता संजु छतकुलीले वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ टोलको बासिले प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनतासंग सहकार्य गरि शान्ति सुरक्षा आफ्नो अवधि भरि राम्रो कायमै गरेको हुनाले हामी सबै टोलबासिले सम्मान गरि बिदाई गरेको बताउनुभयो ।
त्यसै गरि बुथ सभापति शिवम् लामिछाने उहाले सिधै जनता संग सरोकार राखि सरहानिय काम गरेको बताउनुभयो । लामिछानेले यसरीनै सहकार्य गरि अाउने दिनमा प्रहरीले काम गरे भन्ने समुदायमा प्रहरीलाई सम्मान हुनेछ।
छतकुलीको अध्यक्षतामा भएको सम्मान तथा विदाई कार्यक्रममा नेपाल काग्रेसका वडा नम्बर १७ अलौका सभापति शिवम लामिछाने ,प्रदेश २ (ख) का सभापति शैलेन्द्र उपध्याय समाजसेवी दिपक बस्नेत , नेकपा संस्कृतिक महासंघका केन्द्रीय सदस्य दिनेश चौहान , सञ्चारकर्मी शेखर छतकुली सहितको उपस्थिती रहेको थियो ।

















