सल्यान । नेपाली कांग्रेस सल्यानको नेतृत्व केशबहादुर विष्टले गर्ने भएका छन् । सभापतिको उम्मेदवारीमा प्रतिस्पर्धी ध्रुबराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट विजयी भएका हुन् । मंगलबार बिहान सकिएको मतगणनाअनुसार विष्टले उनका प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मत अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।

विष्टले जम्मा खसेको मतको ६१२ प्राप्त गर्दा पुरीले ६०७ मत ल्याएका थिए । सोमबार रातिबाट नै मतगणना शुरु भएको थियो । प्राप्त मत परिणाम अनुसार उपसभापतिमा चक्रबहादुर देवकोटाले ५९७ र सन्तोष केसीले ६२८ मत प्राप्त गरेर विजयी भएका हुन् । त्यसैगरी पार्टीको सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकी विजयी भएका छन् । भण्डारीले ७० ३ र बुढाथोकीले ५५९ मत प्राप्त गरे ।
सहसचिव पदका लागि भएको मतदानबाट जनकराज गौतम र पदमबहादुर बुढाथोकी विजयी भए । सल्यान काँग्रेसको जिल्ला कार्यसमितिमा सभापति, उप सभापति, सचिव र सहसचिव पदका लागि सोमबार मतदान भएको थियो । अन्य पदहरुमा भने सहमति भएको थियो ।

















