काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको एसएसपीमा ८ जना एसपीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन्।


















