काठमाडौँ । गत कार्तिक १८ गते लक्ष्मीपुजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा धरौटीमा छुटेका छन् ।

लामासहितका पक्राउमा परेका जुवाडेहरुलाई काठमाडौंका सीडीओ गोबिन्दप्रसाद रिजालले जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेपछि उनीहरु धरौटी बुझाएर छुटेका हुन्।
प्रहरीले कार्तिक १८गते राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठसहित १८ जनालाई ६ लाख नगदसहित पक्राउ गरेको थियो । जुवाखालबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले मुद्दा समेत चलाएको थियो ।

















