जनकपुरधाम,बैशाख २६ गते । सरकारले घोषण गरेको लकडाउनका कारण खाद्यान्न समाग्री सकिएर समस्यामा परेका बारा र तनहु जिल्लाका १८० विपन्न परिवारलाई मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले राहत सामग्री वितरण गरेको छ ।
समीम अन्सारीको आफ्ना सहयोगी एवं मस्जिद मदरसा अनुगमन समिति बारा जिल्लाका संयोजक राज मोहम्मद राई मार्फत बाराको देबिगज,बरेवा,रगपुर,खपरताता, मोहनबागका १५० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन।
त्यसैगरी तनहु जिल्लाको रोजा (व्रत) बसेका ३० मुस्लिम परिवारलाई अन्सारीको सहयोगी एवं तनहु जिल्लाको अनुगमन समितिका संयोजक माननीय कलीला खान मार्फत खाद्यान्न सामग्री वितरण गरेका छन ।
अध्यक्ष अन्सारीले बिभिन्न जिल्लाहरुमा आवश्यकता अनुसार खाद्यान्न सामग्री वितरण गरीरहने बताएका छन ।
