Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हाल सम्म इच्छाराजले झण्डै ६ अर्व ठगी गरेको सिआईबीकाे भनाइ

हाल सम्म इच्छाराजले झण्डै ६ अर्व ठगी गरेको सिआईबीकाे भनाइ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ( सिआईबि ) ले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ परे। सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।

सयौँको संख्यामा उनीविरुद्ध ठगीको उजुरी परेपछि उनलई प्रहरीले पक्राउ गरेको हो । इच्छाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो तर राजनीतिक संरक्षणका कारणले पक्राउ गर्न प्रहरी असफल भएको थियो।सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौँ रुपैयाँ इच्छाराजले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको र नेपालमा सिभिल होम्समा लगानी गरेका छन् ।

जम्मा गरेको रकम म्याद पुगेपछि फिर्ता लिन जाँदा तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भन्दै धम्की दिँदै थर्काउँदै आएका थिए । केपी ओली प्रधानमन्त्री भएको बेला उनीविरुद्ध उजुरी परे पनि उजुरी गर्नेहरुलाई तामाङले आफू ओलीको साढुभाइ भएको धम्की दिँदै अवैध रुपमा जम्मा गरेको रकम माग्न आएमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिने गरेका थिए ।

केही वर्षकाे अन्तरपछि सरकार परिवर्तनसँगै प्रहरीले इच्छाराजलाई नियन्त्रणमा लिन भने सफल भएको छ । हाल इच्छाराज प्रहरी नियन्त्रणमै छन् । सर्वसाधारणको पैसा अवैध रुपमा बेलारुस पठाएपछि उनी केही वर्षअगाडि बेलारुस उड्न लागेको बेला राहदानी ‘सिज’ भएको कारण अन्तिम चरणमा आएर उड्न पाएका थिएनन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका हुन् । त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन् ।

एक मिलियन अमेरिकी डलर बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । तामाङले अवैध मार्गबाट अर्बौँ रुपैयाँ बाहिर लगेको बताइएको छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण बेलायत र बेलारुसमा इच्छाराजले रकम पठाएका हुन् । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको कारण ओली प्रधानमन्त्री भएको बेला इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका थिए ।

उनीविरुद्ध परेका उजुरी र ठगीमा उनको संलग्नताबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।ठूलो संख्यामा जनशक्ति खटाएर इच्छाराजको ठगी प्रकरण अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता श्यामकुमार महतो बबताउनुहुन्छ । यो ठगी प्रकरण पनि केन्द्रीय अनुसन्धान ब्युरोमा हालसम्मकै ठूलो घटना भएको उहाँ बताउनुहुन्छ ।यो घटना अनुसन्धानका लागि त्यति सहज भने नरहेको प्रवक्ता महतो बताउनुहुन्छ ।

उहाँले भन्नुभयाे, ‘यति धेरै जना अनुसन्धानमा खटिएका छौँ, यो हालसम्मकै धेरै ठूलो ठगी मुद्दा हो । यो अनुसन्धानको डकुमेन्ट हेर्ने हो भने १५ हजार पेज नाघ्छ ।’प्रहरीमा आएका उजुरीअनुसार इच्छाराजले १ हजार ३९० जनाबाट ५ अर्ब ४१ करोड ठगी गरेका छन् । उनली आफैँले विभिन्न २१ कम्पनी खडा गरेर सहकारीमार्फत उक्त रकम ठगी गरेका हुन् ।अहिले आएका उजुरी र प्राप्त प्रमाणका बारेमा भेरिफाइ गर्दै अनुसन्धानलाई द्रुत गति दिइँदै गरेको प्रवक्ता महतोले बताउनुभयो ।

सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् । करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो ।

इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैँ भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् । उनी आफैले विभिन्न कम्पनी खडा गरेर सहकारीमा रहेकाे निक्षेपबाट ५ अर्ब ४१ करोड रकम निकालेर दुरूपयाेग गरेकाे अनुसन्धानबाट खुलेको छ । ती कम्पनीका नाममा उनले सहकारीबाट ऋण निकालेका थिए । उनले सहकारीबाट निकालेको सबैभन्दा धेरै रकमको लगानी सिभिल होम्समा गरेको पाइएको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

२०७५ पुस ३० गतेसम्मको सिभिल सहकारीको विवरणअनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र सात अर्ब एक करोड ३७ लाख ११ हजार दुई सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै आठ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ भएको छ ।

सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार सात सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई छ करोड ६८ लाख ४६ हजार चार सय सात रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको छ । सिभिल होम्स प्रालिको आर्थिक वर्ष २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी दुई सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थकम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ ।करिब ११ सय घर तथा अपार्टमेन्टमा लगानी गरेर तामाङले पछि ती घरहरू बिक्री पनि गरे ।

यद्यपि बिक्री गरेपछि इच्छाराजले त्यहाँबाट उठेको रकम सहकारीलाई बुझाएनन् । बरू अरू थप घरजग्गामा लगानी पनि गरेका थिए । उक्त घर तथा अपार्टमेन्ट बेचेको रकम करिब ११ अर्ब हुने प्रहरी अनुसन्धानबाट पत्तो लागेको छ । उता इच्छाराजले भने उक्त सम्पत्ति अन्य कम्पनी स्थापना गर्ने क्रममा सकिएको प्रहरीसामु बताउँदै आएका छन् । यसबारे अझै थप अनुसन्धानका लागि उनको परिवारका अन्य सदस्य तथा शंकास्पद व्यक्तितिर पनि अनुसन्धान भइरहेको अनुसन्धान व्युरो बताउँछ ।

इच्छाराजले २०७० सालसम्म ४ अर्ब ऋण पुर्याइसकेका रहेछन् । त्यसयता उनले थप १ अर्ब ४१ करोड पुर्याएको पाइएको छ । उनले सिभिल ग्रुपमा कारोबार गर्दा राजश्व न्यायाधिकरणमा घाटा व्यहोरेको देखाएका छन् । तर त्यो समयमा उनले ११ अर्बको कारोबार गरेको पाइएको छ । सोही कम्पनीको कारोबारलाई सहकारीमा थप ऋण निकाल्दा नाफा भएको अडिट रिपोर्ट देखाएको पाइएको अनुसन्धान अधिकृतको भनाइ छ । फेरि उता राजश्व कार्यलयमा भने कम्पनी घाटामा भएको रिपोर्ट देखाइएको थियो ।

तर यो कर छली गर्ने दाउ भएको हुनसक्ने अनुसन्धान अधिकृतको भनाइ छ । यतिसम्म कि उनले सहकारीको ऋण पनि तिरेनन्, उता कर पनि तिरेनन् । सिभिल सहकारीमा करिब ८ अर्ब रकम शेयर सदस्यहरुबाट उठेकाे थियाे, जसमा इच्छाराजकै आफन्तको मात्रै १ अर्ब निक्षेप थियो । बाँकी ७ अर्ब रुपैयाँ अन्य सदस्यको थियो ।

उनले बचतकर्ताहरुलाई विभिन्न आकर्षक प्याकेजका साथै अन्य कम्पनीहरु देखाएर लगानी गर्ने भन्दै ऋण लैजाने गरेको निक्षेपकर्ताहरुको भनाइ छ ।नेकपा एमाले आबद्ध रहेका इच्छाराज पूर्वसांसद समेत हुन् । उनलाई एमालेले संविधानसभा सदस्य समेत बताएको थियो । उनी संसदको अर्थसमिति सदस्य समेत बनेका थिए ।

Tags: अपराध ## पक्राउठगि
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh