Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिएसपी शर्मा सुनसरी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित


काठमाडौं-बैशाख २६ गते । नेपाल प्रहरीमा चर्चित नाम हो बिनोद शर्मा । हजारौं प्रहरी अधिकृत माझ अब्बल कार्यसम्पादन गरेर सर्वथा उत्कृष्ट प्रहरी अधिकृतमा आफ्नो नाम लेखाउन सफल डिएसपी बिनोद शर्माको काम गर्ने तरिका नै पृथक छ । उनको यही शैलीका कारण प्रहरी संगठन भित्रको ध्रुबे उपनाम समेत पाएका शर्मा कामको चर्चा उनी सरुवा भएर जहाँ गयो त्यही हुने गरेको छ ।

हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत डिएसपी शर्माको यही पृथक शैलीकै कारण पुनः एकपटक उनी सुनसरी जिल्लाभरकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सुरक्षा संवेदनशिलताका हिसाबले उच्च प्राथमिकतामा पर्ने सुनसरीको जिल्ला प्रहरी कार्यालयमा कार्यभार सम्हाले देखि नै प्रहरी ऐन र प्रचलित कानुन बमोजिम कार्य गर्दै जिल्लाको शान्ती सुरक्षा तथा अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरिरहेका डिएसपी शर्मा सुनसरी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भईसकेका छन् ।

जहाँ पनि चर्चित घटनाले नछाड्ने शर्मा सरुवा भएर जिल्ला प्रहरी कार्यालय आउनु अघि धेरै मुस्लिम समुदायका अगुवाहरुको हत्याले सुनसरी आक्रान्त थियो, जब उनी सुनसरी आए अहिले जिल्लाको शान्तीसुरक्षाको अवस्थामा उल्लेखनीय सुधार आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले समेत चर्चित सिद्धबाबा बलात्कार प्रकरणमा गहन अनुसन्धान गरी सिद्धबाबा उर्फ कृष्णदास महाराजका कर्तुतहरु पर्दाफास गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन कुनै कसर बाँकी नराखेका डिएसपी शर्मा प्रहरी ऐन तथा कानुनका अघि अपराध गर्ने जो सुकै भएपनि सम्झौता नगर्ने जानकारहरु बताउछन् ।

आफु सरुवा भएर जहाँ गए नि आम नागरिक सँग प्रत्यक्ष संवाद तथा सहकार्य गरी जनता सँग प्रहरीलाई प्रत्यक्ष जोड्ने यीनै विनोद शर्मा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशन समेत अवज्ञा गर्दै दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई पक्राउ गरी वाहवाही पाँउदै देशभर चर्चामा आएका थिए ।
जब डिएसपी शर्मा सरुवा भएर इलाका प्रहरी कार्यालय इटहरी आए त्यसपछि त उनले गज्जबै गरे । छ्यापछ्याप्ती यौनधन्दा र टोलैपिच्छे हुने गुण्डागर्दी तथा काटमारले पिडित इटहरीलाई शान्त र सभ्य बनाउन डिएसपी शर्माले कठोर मेहनत तथा संघर्ष गरे ।

इटहरीमा रहँदा यौनधन्दा निर्मुल गर्दै गुण्डागर्दी लाई जरै देखि निर्मुल पारेका शर्मा इटहरीमा आम नागरिकका गुनासा सुन्दै समस्या समाधान गर्न ब्लक पुलिसिङ्ग नै शुरु गरे यसबाट प्रहरी प्रतिको जनताको भरोसा मात्र बढेन त्यसपछि इटहरी सरुवा भएर आउने डिएसपीलाई उनको जस्तै कार्य गरी प्रहरीको साख जोगाउने चुनौती समेत थपियो ।

त्यसैले त आजसम्म उनै शर्माले इटहरीमा गरेको लगानी खेर जान पाएको छैन, इटहरीमा खुलेआम हुने यौनधन्दाको समुल अन्त्य भएको छ, गुण्डागर्दी अन्त्य भएको छ । अर्को अर्थमा भन्नुपर्दा राज्यलाई नै इटहरीको प्रहरी प्रमुखको रुपमा उत्कृष्ट र कार्यसम्पादनमा अब्बल प्रहरी अधिकृत खटाउने बाध्यता छ ।

आफु कार्यरत ठाँउबाट भव्य विदाई पाउने गरेका शर्मा जब विकट जिल्ला कालिकोट पुगे त्यहाँ समेत पनि आफ्नो इमान्दारीता र अब्बल क्षमता प्रमाणित गरेरै छाडे । कालिकोट प्रहरी प्रमुखको रुपमा सरुवा भएका शर्माले त्यहाँ रहँदा सेवाग्राहीको काम १० मिनेटभित्र गरिदिने,महिला, दलित र बालबालिका सम्बन्धि घटनालाई कारबाहीका लागि पहिलो प्राथमिकता दिने काम गरे ।

कर्णालीमै पहिलो पटक कालिकोटका मुख्य स्थानहरुमा सिसि क्यामेरा जडान गर्दै मजबुद शान्ती सुरक्षाको प्रबन्ध मिलाउने तथा आफु कार्यरत जिल्लाका सबै प्रहरी कार्यालयहरुलाई सुचनामैत्री बनाउने उत्कृष्ट कार्य गरी कर्णाली प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

आफु जनताको नोकर भएको बताउने र कसैको दबाब सामु नझुक्ने डिएसपी बिनोद शर्मा प्रहरी नागरिकको सेवक भएकाले जहाँ गएपनि नागरिकको सेवा नै आफ्नो पहिलो प्राथमिकता हुने बताउछन् । हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत डिएसपी शर्मा प्रहरीको काम, कर्तव्य र अधिकारलाई ध्यान दिदै शान्ती सुरक्षा र जिम्मेवारीमा एक इन्च सम्झौता नगर्ने प्रहरी अधिकृत हुन ।

प्रहरी संगठन भित्र महत्पुर्ण जिम्मेवारीमा रही अरुका लागि समेत उदाहरणिय बनेका डिएसपी शर्माको आफ्नो जिम्मेवारी प्रतिको लगनशीलता एवं इमान्दारिताकै कारण आज उनी देशभर चर्चाको शिखरमा रहँदै आम नागरिकको धन्यवादको पात्र बनेका छन् ।

हरेक ऐन, नियम, कानुनको परिपालना गरे त्यसबाट समाजमा सकारात्मक नतिजा निस्कने तर उल्लंघन गरे त्यो निर्जिव कागजी खोस्टो हुने तथ्यलाई प्रमाणित गर्ने शर्माजस्तै प्रहरी अधिकृतले नै नेपाल प्रहरीको सत्य सेवा सुरक्षणम भन्ने नारालाई उजागर मात्र गरेको छैन समग्र देश र जनताको प्रहरी प्रतिको भरोसालाई कायम राखिरेहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

7 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

7 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

7 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

7 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

8 months पहिले

ताजा समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh