जन प्रभाब-सम्बादाता /२०७७ बैशाख २५ गते. काठमाडौं । शुक्रबारदेखी संसद अधिवेशन सुरु हुने भएपछि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ । बिहीबार सांसदहरुको संघीय संसद भवनमा स्वाब संकलन गरिएको छ । यसरि संकलन गरिएको स्वाब परिक्षणका लागि प्रयोगशाला पठाइने छ । प्रतिनिधिसभा सदस्य १७० र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ ।
शुक्रबार दिउँसो ४ बजे सुरु हुने संसद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

















