दमौली । तनहुँमा शिक्षक सरुवा प्रकरणमा नयाँ मोड लिएको छ ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माले शिक्षक सरुवामा आर्थिक लेनदेन हुने गरेको विषय सार्वजनिक गरे लगत्तै महिला शिक्षकहरु माथि सामाजिक सञ्जाल मार्फत यौन जन्य दुव्र्यवहार हुने गरेको विषय सार्वजनिक भएको छ । सञ्जालमा सार्वजनिक भए अनुसार आरोपी शिक्षकले म्यासेन्जरमा यौन प्रस्ताव गरेर महिला शिक्षक माथि दुव्र्यवहार गरेका छन् ।
यसैबीच आफू माथि म्यासेन्जर मार्फत यौन दुव्र्यवहार गरेको भन्दै एक महिला शिक्षकले नेपाल प्रहरीको केन्द्रीय साइबर अपराध व्यूरोमा नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनाल विरुद्ध उजुरी दर्ता गराएकी छन् ।
उजुरीमा यौनजन्य सामाग्रीले आफूलाई तनाव दिने काम गरेको उल्लेख गरिएको छ ।यस अघि जिल्ला प्रहरी कार्यालयमा खनाल विरुद्ध उजुरी दर्ता गर्न खोजिएको भएपनि प्रहरीले केन्द्रीय साइबर अपराध व्यूरोमा उजुरी दर्ता गर्न सुझाव दिएको थियो ।

















