मणिराम दाहाल / सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा अबिरल बर्षाका कारण अन्दाजी ४३ बर्षका जीवन पराजुली बेपत्ता भएका छन् ।

दुलारीचोक देखी पश्चिम तर्फ रहेको तेलिया खोलाको पुलमा अभिरल वर्षाका कारण सडक खण्ड नै धसिएर खाल्डो पर्दा सफारी चालक पराजुली बेपत्ता भएका हुन् । सुन्दरहरैंचा ७ निवासी पराजुली मंगलबार बेलुका करिव ७ बजे पुर्वबाट पश्चिम तर्फ सिटि सवारी लिएर जादै गर्दा पानीको बहाबले सवारी बगाएको स्थानीयले बताएका छन् । सिटि सवारी घटना स्थलमै भेटीए पनि उनि हाल सम्म बेपता भएको प्रहरीले जनाएको छ ।

उनको खोजिकार्यका लागि स्थानीय निकाय , जनप्रतिनिधि, प्रहरी प्रशासन लगायतले खोजीकार्य जारि राखेको जानकारी प्राप्त भएको छ ।
केही दिन अघि निरन्तर रुपमा आएको वर्षाको कारण सो स्थानको पूर्व पश्चिम लोकमार्गको सडक नै दबिएको छ । सोही दबिएको सडकको पुलमा परी खोलाले बगाउँदा पराजुली बेपत्ता भएको स्थानीयले बताएका छन् । परिवार श्रोतले खोजीकार्यमा सहयोग गरिदिन सबै सँग आग्रह समेत गरेका छन्।

उक्त तेलिया खोलामा रहेको होम पाइपबाट पानी निकासी हुन नसकेकाले वस्ती समेत जोखिममा परेको स्थानीय वासिन्दाले बताएका छन् । जिर्ण रुपमा रहेको होम पाइप हटाई पुल निर्माण गर्नको लागी नेपाल सरकार सडक डिभिजन कार्यालयमा पहलका लागि तेलिया पुल निर्माण वार्ता टोली समेत गठन गरिएको छ।
सो प्रमुख सडक खण्डको पुल होम पाइपबाट निर्माण भएको हुँदा बर्षे देखि धसिएर कमजोर भएको तथा पटकपटक मर्मत गरि काम चलाउँको रुपमा प्रयोग हुँदै आएको थियो ।

सो स्थानमा लोकमार्ग धसेका कारण यातायात ओहोर दोहोरमा अबरुद्ध हुने समस्या समेत बढेको छ । अभिरल बर्षाका कारण नराम्रोसँग धसिएको उत्त सडक खण्डको पुललाई जतिसक्दो निर्माण सम्पन्नमा पहल गरेर थप जोखिमबाट जोगाउँनु पर्ने सरोकारवालाहरुको माग रहेको छ ।त्यसैगरि सुन्दरहरैंचा ५ बस्ने राजकुमार राईलाई समेत खोलाले बगाएर बेपत्ता भएको खबर छ । निरन्तर परेको बर्षाका कारण दुवै बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

















