काठमाडौं । प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचकाक्रममा बुधबार राती एकजना ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् । स्कुटीमा सवार उनले त्यसको डिकीमा रकम राखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि कोटेश्वरस्थित उनको डेरामा खानतलासीगर्दा थप ५० लाख रुपैयाँ फेला पारेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्रोत नखुुलेको ८० लाख रुपैयाँसहित बाग्लुङका चित्रबहादुर पुन पक्राउ परेका हुन् । परिसरले उनले बरामद रकम गैरकानूनी गतिविधीका लागि बोकेर हिँडेको जनाएको छ ।

















